मुख्य समाचार
नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनित
नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनित

। नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।

यी हुन मनोनित भएका सदस्यहरू

–ई. उज्ज्वल कोइराला, ताप्लेजुङ
–ई. प्रेमचन्द्र राय, महोत्तरी
–विजया श्रेष्ठ के.सी., ललितपुर
–प्रा. मोहनजंग शाह, बाँके
–डा. निरञ्जन कोइराला, कास्की
–कुमार लामिछाने, वर्दिया
–रमा के.सी., सुर्खेत
–प्रेमलाल चौधरी, कैलाली
–शेरबहादुर सार्की, बाजुरा
–दिलिप कार्की, कञ्चनपुर

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् । ‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ ...
। वैदेशिक रोजगार व्यवसायीले साउदी अरबले नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी काठमाडौंमा सञ्चालन गर्न लागेको श्रमिक सिप परीक्षण प्रमाणीकरण केन्द्रको विरोध गरेका छन् । साउदीले बुधबार काठमाडौं बसुन्धरास्थित केन्द्रबाट सामान्य श्रमिकका लागि सिप परीक्षण कार्यक्रम सुरु गर्ने तयारी गरेको थियो । उद्घाटन कार्यक्रम चलिरहेकै बेला व्यवसायीहरू केन्द्र पुगेर विरोध प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शन क्रममा उनीहरूले ‘सिप ...
। पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले सडकमा दुईतर्फी यातायात सञ्चालन भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न ...
। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध ...
। गत वर्षको जेनजी आन्दोलनले नेपालको सत्ता–राजनीतिलाई बुझ्ने चस्मा नै बदलिदियो । दशकौंसम्म शक्तिको केन्द्रमा रहेका परम्परागत राजनीतिक दलहरू विस्थापित भए । गत फागुन २१ को चुनावले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भयो । जनताले दिएको असाधारण जनादेशसँगै नयाँ पुस्ता सत्ताको नेतृत्वमा पुग्यो । नेपालभित्रै पनि धेरैलाई अस्वाभाविक लाग्ने यो परिघटनाप्रति छिमेकी मुलुकहरू भारत ...