मुख्य समाचार
बंगलादेशमा बितेको ७ महिनामा १४० भन्दा बढी कपडा उद्योगहरू बन्द
बंगलादेशमा बितेको ७ महिनामा १४० भन्दा बढी कपडा उद्योगहरू बन्द

। पछिल्लो समय बंगलादेशको गार्मेन्ट क्षेत्र गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। पूर्व प्रधानमन्त्री शेख हसीना सत्ताच्युत भएसँगै बंगलादेशमा बितेको ७ महिनामा १४० भन्दा बढी कपडा उद्योगहरू बन्द भइसकेका छन् ।

एक लाख मजदुर बेरोजगार




धमाधम उद्योग बन्द भएपछि यसबीचमा एक लाखभन्दा बढी मजदुरहरू बेरोजगार भएका छन्। गाजीपुर, सावर, नारायणगन्ज र नर्सिन्दीमा मात्रै ५० भन्दा बढी उद्योग स्थायी रूपमा बन्द भइसकेका छन्, जबकि करिब ४० गार्मेन्ट उद्योग अस्थायी रूपमा बन्द छन्।

कैयौं गार्मेन्ट कम्पनीहरूमा मजदुरहरूलाई दुई महिनादेखि १४ महिनासम्मको तलब बक्यौता रहेको बंगलादेशी सञ्चार माध्यमहरूले लेखेका छन् ।




ईदको नजिकै आउँदा स्थिति झन् जटिल र ईदपछि थप उद्योगहरू बन्द हुने सम्भावना रहेको छ। यस गम्भीर स्थितिलाई समाधान गर्न सरकार र उद्योग मालिकहरूले कुनै पहल नगरेको भन्दै मजदुरहरू सडकमा उत्रिएर आन्दोलन गर्न बाध्य बताइरहेका छन् ।

२० प्रतिशत अर्डर बाहिरियो

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्स्पोर्टर्स एसोसिएसनका अनुसार, बंगलादेशको गार्मेन्ट उद्योगका २० प्रतिशत अर्डर भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तानतर्फ सर्न थालेका छन्।

गार्मेन्ट उद्योग अचानक बन्द हुनुलाई आर्थिक मन्दी र राजनीतिक अस्थिरता दुई प्रमुख कारण मानिएको छ।

बन्द भएका धेरै उद्योगहरू पूर्व प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगका नेताहरूसँग सम्बन्धित छन्।

यसमा हसीनाका विदेशी लगानी सल्लाहकार सलमान एफ. रहमानको बेक्सिमको कम्पनी पनि पर्दछ। विगत सात महिनामा बेक्सिमकोका १५ उद्योगहरू स्थायी रूपमा बन्द भइसकेका छन्।

साथै, अवामी लिगका मन्त्री गाजी दस्तगीरको समेत कैयौं उद्योग बन्द भएका छन्।

लेबर युनियनका नेता मोहम्मद मिन्टू भन्छन्, ‘बेक्सिमको मजदुरहरूलाई तलब र बोनस समयमा दिइने गार्मेन्ट क्षेत्रको दिग्गज कम्पनी थियो, तर, यो कम्पनी बन्द भएपछि समस्या थप गम्भीर बनेको छ।’

धेरै ठूला गार्मेन्ट व्यापारीहरूले देश छोडिसकेकाले उद्योगहरू बन्द हुने समस्या झन् बढाएको बताइएको छ ।

सरकारले उद्योगहरू बन्द हुनुको कारण बजारमा अर्डर घटेको बताइरहेको छ। तर, गार्मेन्ट वर्कर्स ट्रेड युनियन सेन्टरका कानुनी सल्लाहकार खैरुल मामुन मिन्टू भने यो तर्कसँग असहमत छन् । ‘यो तर्क झुटो हो । अहिले पनि बाँकी रहेका उद्योगहरूमा अर्डरको चाप छ। समस्याको जड राजनीतिक अस्थिरता हो,’ उनले भने ।

उनी थप्छन्, ‘यदि यो संकट चाँडै समाधान गरिएन भने देशमा आर्थिक मन्दी आउने सम्भावना बढ्नेछ। तर, वर्तमान सरकारले गार्मेन्ट उद्योगलाई सुधार गर्न कुनै ठोस कदम उठाएको छैन।’

गार्मेन्ट क्षेत्र बंगलादेशको अर्थतन्त्रको आधार हो। यो उद्योग देशको ८४ प्रतिशत विदेशी मुद्रा कमाउने मुख्य स्रोत हो। यसले प्रत्यक्ष रूपमा ५० लाख र अप्रत्यक्ष रूपमा करिब १.५ करोड मानिसलाई रोजगारी दिएको छ।

यस क्षेत्रमा महिलाहरूको ठूलो सहभागिता छ, तर हालको संकटले यस समग्र व्यवस्था र समाजलाई गहिरो असर पुर्‍याएको छ।

पछिल्लो समय बंगलादेशमा नयाँ विद्यार्थी नेताहरूको पार्टी ‘नेसनल सिटिजन पार्टी’ (एनसीपी) र सेनाबीच विवाद गहिरिँदै गएको छ।

एनसीपीका नेताहरू हसनत अब्दुल्लाह र सर्जिस आलमले सेना शेख हसीनाको अवामी लिगलाई नयाँ पार्टीको रूपमा पुनःस्थापित गर्ने योजना बनाइरहेको आरोप लगाएका छन् ।

उनीहरूले दाबी गरेअनुसार, सेना हसीनाको नेतृत्वमा नयाँ पार्टी बनाउने प्रयासमा छ। यद्यपि, सेनाले भने यो आरोप अस्वीकार गर्दै आफूहरूको यस्तो कुनै योजना नरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...