मुख्य समाचार
कर्णालीमाथि बागमतीको फराकिलो जित
कर्णालीमाथि बागमतीको फराकिलो जित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ। बाँया हाते पेसर रिजन ढकाल र बाँया हाते स्पिनर सूर्य तामाङको उत्कृष्ट बलिङमा टस जितेर ब्याटिङ गरेको कर्णाली ५८ रनमा अलआउट भयो।


लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले १ विकेट गुमाउँदै ६.३ ओभरमा पूरा गर्यो।


बागमतीका ओपनर ब्याटर इशान पाण्डेले सर्वाधिक २२ रन बनाउँदै क्याच आउट भए। उनले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।



अर्का ओपनर आशुतोष घिरौया १९ र शुभ कंसाकार १६ रनमा अविजित रहे। कर्णालीका लागि एक मात्र विकेट दिपेन्द्र रावतले लिए।

त्यसअघि बयाटिङ गरेको कर्णाली का लागि सुनिल धमलाले सर्वाधिक १९.२ ओभरमा ५८ रन बनाउँदै अलआउट भएको हो। कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए।

सुनिलले मात्रै दोहोरो अंकमा रन बनाए। उनी बाहेक कसैको ब्याटबाट पनि दोहोरो अंकमा रन जोडिएन।

बागमतीका लागि बलिङतर्फ रिजन ढकालले ८.१ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन मात्रै खर्चिए। सूर्य तामाङले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चिँदै ४ विकेट लिए।

यो बागमतीको चौथो जित हो भने कर्णालीको चौथो हार हो। ८ खेल खेलेको बागमतीले ४ जित र ४ हार बेहोरेको छ। त्यस्तै कर्णाली पनि समान खेलबाट ४जित र ४ हार सहित ८ अंकमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...