मुख्य समाचार
घरेलु हिंसामा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले गर्‍यो निष्कासन
घरेलु हिंसामा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले गर्‍यो निष्कासन

: अपराधमा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले निष्कासन गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो।


निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थापालाई गत साता नेपाल फर्काइएको हो। उनलाई थाइ एयरको जहाजबाट काठमाडौं नेपाल फर्काइएको हो।


'घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक अनुसन्धानपछि अष्ट्रेलियाको नेपाली दूतावाससँग आवश्यक कागजात (ट्राभल डकुमेन्ट)को बन्दोबस्ती गरी डीपोर्ट गरिको जानकारी पाएका छौं,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने।



अष्ट्रेलियामा घरेलु तथा व्यक्तिगत हिंसालाई ठूलो अपराधको रूपमा लिने गरिन्छ। थापाले कस्तो खालको घरेलु हिंसा गरेको भन्ने विषयमा भने नखुलेको ती अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराक नयाँ श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको जनाएको छ । श्रमले इराकमै काम गरिरहेका नेपालीलाई आवासीय परिचय पत्र (रेसिडेन्सी कार्ड) भएकालाई पुनः नेपालमा आई आफनो रोजगारीलाई निरन्तरता दिन चाहनेलाई श्रम स्वीकृति दिने जनाएको छ । ‘इराकमा श्रम स्वीकृति प्रदान गर्नेसम्बन्धी निर्णय सरकारले इराकमा संस्थागत एंव व्यक्तिगत रूपमा नयाँ श्रमिकलाई ...
। लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको छ । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा नेपाल पठाइएको हो । युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिजा रद्द भएपछि पार्टटाइम कामसमेत गुमेपछि उनी ...
। इराकमा लामो समयदेखि कार्यरत ३० हजार हाराहारी नेपालीले श्रम स्वीकृति पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । योसँगै लामो समयदेखि इराकमा कार्यरत रहे पनि नेपालको अभिलेखीकरणमा समावेश नभएका उनीहरूलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जानकारी ...
— कतारमा तीन नेपाली नागरिकले आजीवन कैद सजाय भोगिरहेका छन्। उनीहरूलाई ‘अन्तर्राष्ट्रिय हत्या’मा संलग्न भएको ठहर गर्दै कतारको अदालतले आजीवन कैद सजाय सुनाएको हो। एकभन्दा बढी देशसँग जोडिएको घटनालाई कतारले अन्तर्राष्ट्रिय हत्याको रूपमा लिने गरेको छ। कतारी निकायबाट प्राप्त विवरणअनुसार नेपाली नागरिक कार्की, श्रेष्ठ र उरुवालाई आजीवन कैद सजाय सुनाइएको हो। कार्की र श्रेष्ठ भने ५ ...
: साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर 'नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम कारोबार 'हुण्डी' गरेको वा सङ्कलित रकम नेपाल नपठाएको' गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था ...