मुख्य समाचार
अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड
अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड

: वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो।


परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो।


निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, सहनी, शेर्पा, केसी थरी रहेका छन्। त्यस्तै घर्तीमगर, लोहार, सहनी, थारु, राना मगर, तामाङ, सदा, यादव, विश्वकर्मा, सहनी, राई, सरदार र बुढा थरीका व्यक्तिहरूलाई निष्कासन गरिएको परराष्ट्रका एक अधिकारीले बताए। उनले अन्नपूर्णसँग भने, 'मलेसियाको अध्यागमनले एकैपटक ठूलो संख्यामा नेपालीहरूलाई डीपोर्ट गरेको छ। डीपोर्ट हुनेहरूमा कसैको राहदानी नभएको त कोही गैरकानुनी तरिकाले लुकीछिपी बस्दै आएका रहेछन्।'



मलेसियाले यसअघि अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, विष्ट, यादव र केसी थरी एक-एक जना रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...