मुख्य समाचार
रुसी सेनाले राति युक्रेनी राजधानी किभमा गरेका आक्रमणमा तीन जनाको मृत्यु
रुसी सेनाले राति युक्रेनी राजधानी किभमा गरेका आक्रमणमा तीन जनाको मृत्यु

— रुसी सेनाले शनिबार राति युक्रेनी राजधानी किभमा गरेका आक्रमणमा तीन जनाको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार मृतकहरूमा पाँच वर्षीया छोरी र उनका बुबा छन् ।


रुसी आक्रमणसँगै किभस्थित एक अपार्टमेन्टमा आगो फैलिएको र ‘सबैजना चिच्याउन र भाग्न थाले’का प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनी वायुसेनाले गए राति प्रहार गरिएका १ सय ४७ मध्ये ९७ ड्रोन खसालेको जनाएको छ ।

त्यस्तै, रुसी रक्षा मन्त्रालयले पनि युक्रेनबाट प्रहार भएका पाँच दर्जन युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रुसी अधिकारीका अनुसार आक्रमणपछि एउटा कारमा आगलागी भएपछि एक जनाको ज्यान गएको छ ।

आफ्नो देशको राजधानीमा आक्रमण भएपछि जेलेन्स्कीले रुसमाथि नयाँ दबाब दिन आह्वान गरेका छन् । ‘यी आक्रमण र यो युद्ध अन्त्य गर्न मस्कोमाथि नयाँ निर्णय र नयाँ दबाब आवश्यक छ,’ जेलेन्स्कीले भनेका छन्, ‘यी आक्रमण दैनिक वास्तविकता हुन् ।’ रुसविरुद्ध ‘अझै प्रभावकारी’ प्रतिबन्ध लगाउनुपर्ने जेलेन्स्कीको भनाइ छ ।


अमेरिका र युक्रेनका प्रतिनिधिमण्डलले आइतबार साउदी अरबमा भेटवार्ता गर्दैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफले अमेरिकाले साउदी अरबमा हुने अर्को चरणको शान्ति वार्तामा ‘वास्तविक प्रगति’ हुने अपेक्षा गरेको बताएका छन् ।

‘हाम्रो काम मुद्दारूलाई साँघुरो पार्नु हो । दुवै पक्षलाई एकै ठाउँमा ल्याउनु र हत्या रोक्नु हो,’ उनले भनेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शान्ति चाहेको’ उनको भनाइ छ । गत साता ट्रम्प र उनका रूसी समकक्षीबीच भएको वार्तामा धेरै प्रगति भइसकेको विटकफको भनाइ छ ।



रूसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यसै साता रुसी राष्ट्रपति र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच भएको फोन वार्तालाई ‘रचनात्मक र धेरै सम्मानजनक’ भनेका छन् । पेस्कोभले रुसी राज्य सञ्चालित सञ्चारमाध्यमसँग उनले उक्त फोनवार्ताले दुई नेताबीच आमनेसामने भेटघाट हुने सम्भावना थप बढाएको बताएका हुन् ।

‘यस्तो बैठकका लागि पर्याप्त रूपमा तयार हुनुपर्छ । पहिले, कठिन प्राविधिक वार्ताहरू हुनुपर्छ । सोमबार मात्र हाम्रा वार्ताकारले यो जटिल प्रक्रिया सुरू गर्न रियाद जानेछन्,’ पेस्कोभ थप्छन् । यसअघि ट्रम्पले पनि पुटिनसँगको फोन वार्ता ‘धेरै राम्रो र उत्पादक’ भएको बताएका थिए ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि अमेरिकाले र युक्रेनले अघि सारेको संयुक्त प्रस्ताव अस्वीकार गरिदिएका थिए । ३० दिनका लागि युद्ध रोक्न अस्वीकार गरेका पुटिनले उक्त अवधिसम्म ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...