मुख्य समाचार
त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित
त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित निकालेको छ। प्रतियोगितामा सातौं जित निकालेको आर्मीले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।


सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २४३ रन बनाएको थियो। आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रन बनाउँदै अलआउट भएको हो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए। ओपनिङमा आएका देवले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।


अर्का ओपनर मिर्नाल गुरुङ भने १ रनमै सोमपाल कामीको बलमा एलबीडब्ल्यू आउट भए। मनिष थापा र विप्रसन केसीले समान १३–१३ रन बनाए। निर्मल गुरुङले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका लागि बलिङमा साहब आलमले सर्वाधिक ४ विकेट लिए। उनले ९.१ ओभरमा २ मेडनसहित २५ रन खर्चिए। नरेन साउदले २ विकेट लिँदा सोमपाल कामी, आकाश चन्द र वसिर अहमदले समान १–१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको आर्मी ४९.२ ओभरमा २४३ रन बनाउँदै अलआउट भएको थियो। आर्मीका लागि वसिर अहमदले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले। उनले १०४ बलमा ६ चौका प्रहार गरेका हुन्। आर्मीका ओपनर ब्याटर तृतराज दासले ३१ रन बनाउँदा अर्का ओपनर सन्तोष कार्की १ रन बनाउँदै निर्मल गुरुङको बलमा क्लिन बोल्ड भए।

इम्रान शेखले १२, भिम सार्कीले ४४, सोमपाल कामीले २८, कुशल मल्लले १७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका लागि बलिङमा अजय चौहानले सर्वाधिक ४ विकेट लिए। कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, विप्रसन केसी, नर सार्की र देव खनालले समान १–१ विकेट लिए। आर्मीले हालसम्म १ मात्र हार बेहोरेको छ। लुम्बिनीले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...