मुख्य समाचार
त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित
त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित निकालेको छ। प्रतियोगितामा सातौं जित निकालेको आर्मीले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।


सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २४३ रन बनाएको थियो। आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रन बनाउँदै अलआउट भएको हो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए। ओपनिङमा आएका देवले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।


अर्का ओपनर मिर्नाल गुरुङ भने १ रनमै सोमपाल कामीको बलमा एलबीडब्ल्यू आउट भए। मनिष थापा र विप्रसन केसीले समान १३–१३ रन बनाए। निर्मल गुरुङले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका लागि बलिङमा साहब आलमले सर्वाधिक ४ विकेट लिए। उनले ९.१ ओभरमा २ मेडनसहित २५ रन खर्चिए। नरेन साउदले २ विकेट लिँदा सोमपाल कामी, आकाश चन्द र वसिर अहमदले समान १–१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको आर्मी ४९.२ ओभरमा २४३ रन बनाउँदै अलआउट भएको थियो। आर्मीका लागि वसिर अहमदले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले। उनले १०४ बलमा ६ चौका प्रहार गरेका हुन्। आर्मीका ओपनर ब्याटर तृतराज दासले ३१ रन बनाउँदा अर्का ओपनर सन्तोष कार्की १ रन बनाउँदै निर्मल गुरुङको बलमा क्लिन बोल्ड भए।

इम्रान शेखले १२, भिम सार्कीले ४४, सोमपाल कामीले २८, कुशल मल्लले १७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका लागि बलिङमा अजय चौहानले सर्वाधिक ४ विकेट लिए। कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, विप्रसन केसी, नर सार्की र देव खनालले समान १–१ विकेट लिए। आर्मीले हालसम्म १ मात्र हार बेहोरेको छ। लुम्बिनीले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि खेलाडी तथा फुटबल समर्थकले धर्ना दिएका छन्। नेपाल फुटबल खेलाडी संघले खेलाडीको खेल्ने अधिकारमाथि एन्फाले बन्देज लगाएको भन्दै प्रदर्शन गरेको हो। राष्ट्रिय टिमका अन्जन विष्ट, विकेश कुथु, विराज महर्जन, रोहित चन्द जस्ता खेलाडी पनि प्रदर्शनमा रहेका छन्। एन्फा र ʻएʼ डिभिजन क्लबहरुबीच अर्को वर्षमात्रै ʻएʼ डिभिजन ...
: दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो। बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख ...
: आइसीसी विश्वकप लिग २ अन्र्गतको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै सकेको छ। दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो। नेपालले दिएको २४० रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै ...
: नेपाली खेलकुदमा हालः सबैभन्दा चर्चामा रहेको खेल हो, क्रिकेट। गत महिना ओमानमा भएको इस्ट एसिया तथा एसिया प्यासीफीक क्षेत्र छनोटमा अपराजित रहँदै विश्वकप छनोटको उपाधि जितेको नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन। प्रशिक्षक स्टुर्अट लले नेपाली क्रिकेटको प्रशिक्षण सम्हालेपछि नेपालले आइसीसी विश्वकप लिग २ को पहिलो शृंखलामा राम्रो खेलेको ...
: २९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचालेको छ। भिक्टोरिया राज्यको मेलबर्नको फ्लेमिङटनमा मंगलबार भएको १६५औं अन्तर्राष्ट्रिय घोडा दौडको उपाधि जित्ने मेहलम पहिलो घोडसवार महिला हुन्। उनले आफ्नै घरेलु मैदान मेलबर्नमा अन्य २३ जना घोडसवारलाई उछिन्दै ऐतिहासिक सफलता प्राप्त गरेकी हुन्। संसारलाई चकित ...