मुख्य समाचार
सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता
सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।


लमहीस्थित देउखुरी क्रिकेट रंगशालमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २४२ रन बनाएको थियो। सुदूरपश्चिम प्रदेशले दिएको २४३ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४५.१ ओभरमा २११ रन बनाउँदै अलआउट भयो।


कोशीका लागि ओपनर सकिब हकले ६२ रनको अर्धशतकीय पारी खेले। उनको अर्धशतकले पनि कोशीलाई जित भने दिलाउन सकेन। हकले ६६ बलमा ११ चौकासहित ६२ रन बनाएका हुन्। अर्का ओपनर सोनु अन्सारी डक आउट भए। ऐस भट्टराईले ३६, कप्तान अंकित सुवेदी र समिर कार्कीले समान ३८–३८ रन बनाए। दिपेश कँडेलले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।



सुदूरपश्चिमका लागि बलिङतर्फ सूर्य श्रेष्ठले सर्वाधिक ३ विकेट लिए। उनले ९ ओभरमा १ मेडनसहित ४५ रन खर्चिए। भोजराज भट्टले २ विकेट लिँदा, शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीले समान १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको ४३.४ ओभरमा २४२ रन बनाउँदै अलआउट भएको हो।

सुदूरका मध्य क्रमका ब्याटर किरण ठगुन्नाले ११५ रनको शतकीय पारी खेल्दै टिमलाई ठूलो योगफल दिलाए। उनले ९१ बलमा १२ चौका र २ छक्का प्रहार गरेका हुन्। यही संस्करणको प्रधानमन्त्री कपमा उनको यो दोस्रो शतक हो। उनले यसअघि गण्डकी प्रदेशसँग १२१ रनको अविजित शतकीय पारी खेलेका थिए।

ओपनर ब्याटर टेक रावतले १६ रन बनाए। निश्चल क्षेत्रीले १०, अर्जुन विकले १५, कप्तान नारायण जोशी र शेर मल्लले समान १४–१४ रन बनाए। सूर्य श्रेष्ठ १० रनमा अविजित रहे। कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले सर्वाधिक ४ विकेट लिए। उनले ९.४ ओभरमा १ मेडनसहित ४८ रन खर्चिए। फिर्दोस अन्सारी र अंकित सुवेदीले समान २–२ विकेट लिए। दिपेश कँडेल र प्रकाश कार्कीले १–१ विकेट लिए। कोशीले हालसम्म ८ खेलमा १ मात्र जित निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...