मुख्य समाचार
चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराए
चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराए

: इन्डियन प्रिमियर लिग (आइपीएल)को तेस्रो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ ।


चेन्नाईस्थित एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १५५ रन बनाएको थियो ।


मुम्बईले दिएको १५६ को विजयी लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्स (सिएसके)ले १९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।


सिएसकेका लागि ओपनर ब्याटर रचिन रविन्द्रले सर्वाधिक ६५ रनमा अविजित रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे । ६ बलमा ४ रन चाहिएको अवस्थामा रविन्द्रले अन्तिम ओभरको पहिलो बलमा मिचेल सेन्टनरलाई छक्का प्रहार गर्दै सिएसकेको जित पक्का गरेका हुन् ।

कप्तान ऋतुराज गायक्वाडले ५३ रनको अर्धशतकीय पारी खेले । ओपनर राहुल त्रिपाठी २ रनमा पेभेलियन फर्किए । शिवम दुबेले ९,दिपक होडाले ३ र साम करणले जम्मा ४ रन बनाए । रविन्द्र जडेजा १७ रनमा रनआउट भए । महेन्द्र सिंह धोनी शुन्यमा अविजित रहे ।

मुम्बईका लागि बलिङमा विग्नेश पुथुरले सर्वाधिक ३ विकेट लिए । विल ज्याक र दिपक चाहरले समान १-१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरेका हुन् ।
ओपनिङमा आएका रोहित शर्मा खलिल हमिदको बलमा डकआउट हुँदा मुम्बईलाई पहिलो ओभरमै झड्का लागेको हो । अर्का ओपनर र्यान रिकेल्टोनले १३ रन बनाए ।

कप्तान सूर्य कुमार यादवले २९, विल जयाक्सले १, नमान धिरले १७, मिचेल सेन्टनरले ११, लिपक चाहरले २८ रन बनाए ।

चेन्नाई सुपर किङ्स(सिएसके) का लागि बलिङ तर्फ नुर अहमदले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १८ रन मात्रै खर्चिए । खलिल हमिदले ३ विकेट लिँदा नथान इल्स् र रविचन्द्र आश्विनले समान १–१ विकेट लिए ।

आजको पहिलो खेलमा सन राइजर्स हैदरवादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...