मुख्य समाचार
इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण
इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण

— इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको भनाइ छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन् । आईडीएफले शनिबार बिहान इजरायली सहर मेतुलामा तीनवटा रकेट निष्क्रिय पारेको जनाएको छ । ती घटनामा कोही पनि घाइते नभएका आईडीएफले जनाएको छ ।


तर कुनै पनि समूहले क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेका छैनन् । र, लेबनानका प्रधानमन्त्रीले आफ्नो देशलाई ‘नयाँ युद्धमा’ तान्न खोजिएको भन्दै चेतावनी दिएका बीबीसीले जनाएको छ । युद्धविराम सम्झौताले इरान समर्थित लेबनानी सशस्त्र समूह हेजबुल्लाहसँगको १४ महिना लामो युद्ध समाप्त भएको थियो ।

लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेना युनिफिलले ‘हिंसाको सम्भावित वृद्धिबाट चिन्तित’ भएको जनाएको छ । युनिफिलले इजरायल र लेबनान दुवैलाई ‘आफ्ना प्रतिबद्धताहरू पालना गर्न’ आग्रह गरेको छ । लेबनानका स्थानीय रिपोर्टहरूले देशका दक्षिणी स्थानहरूमा तोपहरू प्रहार भएको जनाएका छन् ।

बीबीसीका अनुसार पछिल्ला केही दिन यता इजरायलले हेजबुल्लाहको निशाना भनेर दाबी गर्ने स्थानमा हवाई आक्रमण गरेको छ र समूहलाई पुन:निर्माण हुनबाट रोक्न आक्रमणहरू जारी राख्ने संकेत गरेको छ ।


त्यसका साथै, इजरायली सेनाले अझै पनि दक्षिणी लेबनानका पाँच स्थान नियन्त्रणमै राखिरहेको छ । लेबनानी सरकारले उक्त कार्य देशको सार्वभौमिमकता र युद्धविराम सम्झौताको उल्लंघन भएको जनाएको छ । युद्धविराम सम्झौताअनुसार ती क्षेत्रबाट इजरायली सेना फिर्ता हुनपर्ने थियो ।

तर इजरायलले ती क्षेत्रमा लेबनानी सेना पूर्ण रूपमा तैनाथ नगरिएकाले सीमावर्ती क्षेत्रका आफ्ना समुदायको सुरक्षाका लागि सेना खटाउनु परेको जनाएको छ ।



इजरायलमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणले लेबनानी सरकार थप दबाबमा पर्ने देखिएको छ । इजरायलले लेबनानी सेनाको सीमावर्ती क्षेत्रहरूमा पूर्ण नियन्त्रण छैन भन्ने प्रमाणको रूपमा प्रयोग गर्ने देखिएको छ ।

इजरायलको निरन्तर आक्रमणका बावजुद हिजबुल्लाहले भने कुनै प्रतिक्रिया जनाएको छैन । यो समूहले युद्धबाट प्रभावित आफ्ना समुदायहरूलाई आर्थिक सहयोग प्रदान गर्ने र विपक्षीहरूबाट निशस्त्रीकरण गर्न दबाब दिने ठूलो चुनौतीको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...