मुख्य समाचार
बागमतीले कोशीलाई १३१ रनले हराए
बागमतीले कोशीलाई १३१ रनले हराए

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई हराउँदै प्रतियोगिताको तेस्रो जित दर्ता गरेको छ। बागमतीले कोशीलाई १३१ रनले हराएको हो।


लमहीस्थित देउखुरी क्रिकेट रंगशलामा टस जितेर ब्याटिङ गरेको बागमतीले २४० रन बनाएको थियो। बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रन बनाउँदै अलआउट भयो।

कोशीका लागि ऐश भट्टराईले सर्वाधिक ३७ रन बनाए। उनले ४९ बलमा ५ चौका प्रहार गरे। सुजन थपलियाले २५ रन बनाए। फिर्दोस अन्सारीले २४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।



बागमतीको लागि सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए। रिजन ढकालले ३ विकेट लिँदा साकार गजुरेलले २ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको बागमती ४९.३ ओभरमा २४० रन बनाउँदै अलआउट भएको थियो। बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन बनाए। उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय आशुतोष घिरौया र इशान पाण्डेले क्रमशः २९ र २५ रन बनाए। कप्तान पृथु बास्कोटाले २४ रन बनाए। विपिन आचार्यले २५, सोनु देवकोटाले १८, गौतम केसी १६ र सूर्य तामाङले १७ रन बनाए। रिजन ढकाल २२ रनमा अविजित रहे।

कोशीका लागि सुजन थपलिया र प्रकाश कार्कीले समान २–२ विकेट लिए। फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले १–१ विकेट लिए। कोशीले ७ खेलमा १ जित र ६ हार बेहोरेको छ। बागमतीले समान ७ खेलबाट ३ जित ४ हारसहित ६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...