मुख्य समाचार
घरेलु मैदानमा कोलकातालाई ७ विकेटले हराउँदै बैंङ्गलुरूले जित निकाले
घरेलु मैदानमा कोलकातालाई ७ विकेटले हराउँदै बैंङ्गलुरूले जित निकाले

: इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंङ्गलुरूले विजयी सुरुवात गरेको छ। घरेलु मैदानमा कोलकातालाई ७ विकेटले हराउँदै बैंङ्गलुरूले जित निकालेको हो।


कोलकाताको इडन गार्डेनमा टस हारेको कोलकताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो। कोइकाताले दिएको १७५ रनको विजयी लक्ष्य बैंङ्गलुरूले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

बैंङ्गलुरूका लागि ओपनर ब्याटर विराट कोहोलीले सर्वाधिक ५९ रन अविजित पारी खेले। उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्।



अर्का ओपनर ब्याटर फिल साल्टले ५६ रन बनाए ।
पहिलो विकेटका लागि साल्ट र कोहोलीले ९५ रनको साझेदारी गरेका थिए। देवदत्त पाडिकलले १० रन, कप्तान रजत पटिदारले ३४ रन बनाउँदा लियम लिभिङस्टोन १५ रनमा अविजित भए।

कोलकाताको लागि बलिङतर्फ वैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान १-१ विकेट लिए।

त्यसअघि,ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै१७४ रन बनाएको थियो।

कोलकाताको लागि कप्तान अजिन्क्य रहनेले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका हुन् ।

ओपनर ब्याटर क्विन्टन डिकक दोहोरो रन नबनाई पेभेलियन फर्किँदा अर्का ओपनर ब्याटल सुनिल नारायणले ४४ रन बनाए।

अङ्गकृत रघुवंशीले ३० रन, रिंकु सिंहले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

बैंङ्गलुरू लागि बलिङतर्फ कुणाल पाण्डेले सर्वाधिक ३ विकेट लिए । जोस ह्याजलवुडले २ विकेट लिँदा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १-१ विकेट लिए ।

आज आइपीएलमा दुई खेल हुनेछन्।

पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयलसँग ३:४५ मा खेल्नेछ।

दोस्रो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियनसँग ७:४५ मा खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...