मुख्य समाचार
घरेलु मैदानमा कोलकातालाई ७ विकेटले हराउँदै बैंङ्गलुरूले जित निकाले
घरेलु मैदानमा कोलकातालाई ७ विकेटले हराउँदै बैंङ्गलुरूले जित निकाले

: इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंङ्गलुरूले विजयी सुरुवात गरेको छ। घरेलु मैदानमा कोलकातालाई ७ विकेटले हराउँदै बैंङ्गलुरूले जित निकालेको हो।


कोलकाताको इडन गार्डेनमा टस हारेको कोलकताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो। कोइकाताले दिएको १७५ रनको विजयी लक्ष्य बैंङ्गलुरूले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

बैंङ्गलुरूका लागि ओपनर ब्याटर विराट कोहोलीले सर्वाधिक ५९ रन अविजित पारी खेले। उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्।



अर्का ओपनर ब्याटर फिल साल्टले ५६ रन बनाए ।
पहिलो विकेटका लागि साल्ट र कोहोलीले ९५ रनको साझेदारी गरेका थिए। देवदत्त पाडिकलले १० रन, कप्तान रजत पटिदारले ३४ रन बनाउँदा लियम लिभिङस्टोन १५ रनमा अविजित भए।

कोलकाताको लागि बलिङतर्फ वैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान १-१ विकेट लिए।

त्यसअघि,ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै१७४ रन बनाएको थियो।

कोलकाताको लागि कप्तान अजिन्क्य रहनेले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका हुन् ।

ओपनर ब्याटर क्विन्टन डिकक दोहोरो रन नबनाई पेभेलियन फर्किँदा अर्का ओपनर ब्याटल सुनिल नारायणले ४४ रन बनाए।

अङ्गकृत रघुवंशीले ३० रन, रिंकु सिंहले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

बैंङ्गलुरू लागि बलिङतर्फ कुणाल पाण्डेले सर्वाधिक ३ विकेट लिए । जोस ह्याजलवुडले २ विकेट लिँदा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १-१ विकेट लिए ।

आज आइपीएलमा दुई खेल हुनेछन्।

पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयलसँग ३:४५ मा खेल्नेछ।

दोस्रो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियनसँग ७:४५ मा खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...