मुख्य समाचार
संसारकै व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल आगलागीका कारण बन्द भएपछि हजारौं यात्रु प्रभावित
संसारकै व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल आगलागीका कारण बन्द भएपछि हजारौं यात्रु प्रभावित

: संसारकै व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल आगलागीका कारण बन्द भएपछि हजारौं यात्रु प्रभावित भएका छन्।


विमानस्थल नजिकैको एक इलेक्ट्रिकल सबस्टेसनमा आगलागी भएर विद्युत् आपूर्ति विच्छेद भएपछि शुक्रबार विमानस्थल पूर्णरूपमा बन्द गरियो। फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार शुक्रबार हिथ्रो विमानस्थल बन्द हुँदा कम्तीमा १ हजार ३ सय ५१ उडान रद्द भए। विमानस्थल बन्द गरिने घोषणा गर्दा १ सय २० वटा जहाज आकाशमा अवतरणको तयारीमा रहेको जनाइएको छ।

हिथ्रो विमानस्थलले शुक्रबार एक वक्तव्य जारी गर्दै कम्तीमा दिनभर विमानस्थल बन्द रहने जानकारी गराएको थियो। विमानस्थल फेरि सञ्चालनमा आउन कति समय लाग्छ भन्ने यकिन भइसकेको छैन। विमानस्थल सुचारु भएकै अवस्थामा पनि थप केही दिनसम्म सेवा आंशिक रूपमा प्रभावित हुन सक्नेतर्फ हिथ्रोले सचेत गराएको छ।



विमानस्थलका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रोलाई २१ मार्च राति २३:५९ बजेसम्म बन्द राखिनेछ। हामीलाई थाहा छ यो यात्रुहरूका लागि पक्कै पनि निराशाजनक अवस्था हुनेछ।

तर हामी यो परिस्थिति समाधान गर्न भरपूर प्रयास गरिरहेका छौं र यात्रुहरूलाई विमानस्थल नजान पनि आग्रह छ।’

विमानस्थलबाट करिब डेढ माइलको दूरीमा रहेको वेस्ट लन्डन हेजस्थित इलेक्ट्रिकल सबस्टेसनमा शुक्रबार राति आगलागी भएपछि विमानस्थलमा विद्युत् आपूर्ति विच्छेद भएको थियो।

विद्युत् आपूर्ति विच्छेद भएर विमानस्थल पूर्ण रूपमा बन्द भएपछि हिथ्रोको पावर ब्याकअप सिस्टमबारे प्रश्न उठेको छ। तर अधिकारीहरूले विमानस्थलसँग ब्याकअप सिस्टम रहेको र त्यसलाई सञ्चालन गर्नकै लागि निश्चित समय लाग्ने भएकाले विमानस्थल बन्द गर्नु परेको बताएका छन्।

विद्युत् आपूर्ति सुचारु भइसकेको अवस्थामा पनि कयौं सिस्टमहरू रिबुट गर्न र ती राम्रोसँग सञ्चालन भएको पक्का गर्न थप समय लाने उनीहरूको भनाइ छ।

सबस्टेसनमा भएको आगलागीका कारण आसपासका झन्डै ५ हजार घर शुक्रबारसम्म विद्युतवहीन बनेका छन्। बढी जोखिममा रहेका डेढ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। विद्युत् आपूर्तिकर्ता स्कटिस एन्ड साउदर्न इलेक्ट्रिसिटी नेटवक्र्सले दिएको जानकारीअनुसार आगलागीका कारण १६ हजार बढी घरमा विद्युत् आपूर्ति बन्द भएको थियो।

संसारकै व्यस्त लन्डन हिथ्रो यूकेको सबैभन्दा ठूलो एयरपोर्ट हो। हिथ्रोमा प्रतिदिन १ हजार ३ सयभन्दा बढी उडान हुने गर्छन्। पछिल्लो तथ्यांकअनुसार गत एक वर्षमा मात्रै ८ करोड बढी यात्रुले विमानस्थल प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...