मुख्य समाचार
एसईई परीक्षा : रौतहटमा १४ सय २४ मोबाइल बरामद, २ जना पक्राउ
एसईई परीक्षा : रौतहटमा १४ सय २४ मोबाइल बरामद, २ जना पक्राउ

: जिल्ला प्रहरी कार्यालय रौतहटले एसईई परीक्षामा चिट चोर्न ल्याइएका १ हजार ४ सय २४ मोबाइल बरामद गरेको छ । बिहीबार प्रहरीले परीक्षाको मर्यादा भंग गर्ने प्रयासमा संलग्न २ जनालाई समेत पक्राउ गरेको छ।


प्रहरीका अनुसार रौतहटको यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई मावि परीक्षा केन्द्रमा परीक्षा निरीक्षकले नै केही रकम लिइ मोबाइल प्रवेश गराएका थिए।

त्यस्तै मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीपुर मावि परीक्षा केन्द्रबाहिर चिट उपलब्ध गराउने कार्यमा संलग्न १ जना गरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार रायका अनुसार पक्राउ परेकाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले परीक्षाको मर्यादा भंग गर्ने कार्यमा संलग्न दुवै व्यक्तिलाई सम्मानित जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

प्रहरीले पक्राउ परेकाहरूको नाम भने गोप्य राखेको छ । परीक्षाको मर्यादा कायम राख्न र निष्पक्षता सुनिश्चित गर्न प्रहरीले विशेष निगरानी राखिरहेको बताइएको छ । विगतमा मेसेन्जर, ह्वाट्सएप, भाइबरलगायतका ग्रुप प्रयोग गरी चिट आदानप्रदान गर्ने प्रवृत्ति मौलाएको देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विद्यार्थी कम्ती भएका सीटीईभीटीका शिक्षालय बन्द वा समायोजन गर्न सुझाव
— नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ । खरिद ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला ...
निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो : अध्यक्ष सिंह
— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना ...