मुख्य समाचार
अवको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य
अवको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य

: खानेपानीमन्त्री प्रदीप यादवले अवको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुराउन सफल भएको भन्दै आगामी एक वर्षभित्रमा ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन् ।


उनले यसका लागि ६ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले आगामी आर्थिक वर्षको बजेटमा स्वच्छ खानेपानीका लागि विशेष व्यवस्था मिलाउने जानकारी दिए । मन्त्री यादवले तराई मधेशमा सुख्खा मौसममा देखिने खानेपानी समस्या समाधान गर्नका लागि डिप ट्युवेलमार्फत् खानेपानी आपूर्ति बनाउने योजना कार्यान्वयनमा रहेको बताए । यसका लागि सम्बन्धित खानेपानी आयोजना कार्यालयहरूबाट डिप ट्युवेल निर्माणको कार्य अघि बढेको उनको भनाइ छ । उनले मकवानपुरको राप्ती खोलाका साथै सुनकोशी डाइभरर्सनबाट समेत खानेपानीको आपूर्ति गर्नका लागि डिजाइनको प्रक्रिया अघि बढेको उल्लेख गरे।

उनले झापादेखि महेन्द्रनगरसम्मका अधिकांशका जिल्लामा २०० भन्दा बढि खानेपानी ट्याङ्की बनेर तयार भएपनि सञ्चालनमा आउन नसकेको भन्दै मन्त्रालयले सहजीकरण गरेर त्यसलाई सञ्चालनमा ल्याइने बताए । उनले देशभर नै खानेपानीको समस्या दिर्घकालीन रुपमा समाधान गर्न मुहानको संरक्षण गर्दै लाने र खानेपानीका विषयमा राजनीतिकरण हुन नदिने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागले सरोकारवालासँग बाढीबाट भएको क्षतिको विवरण माग गरेको छ । पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा भएका क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरेको छ । समितिका लागि आवश्यक विवरण विभागले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो । सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संस्था, अनुसन्धानकर्ता र आम नागरिकले विपद्बाट यातायात क्षेत्रमा भएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा भारतबाट मुर्रा भैँसी ल्याएको विषय चानचुने नभएको टिप्पणी गरेका छन् । नेकपा निटक किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले विरोधीहरूले आफ्नो खिल्ली उडाउने काम गरे पनि त्यो काम दशौं वर्षदेखि अरुले गर्न नसकेको बताए । ‘पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले त मुर्रा ...
। सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ । को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री साहले विधेयक लगानीमैत्री भए आगामी एक वर्षभित्रै विदेशी लगानीकर्ता ...
। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेशलाई निराश बनाएको बताए । संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानून निर्माण नगर्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम