मुख्य समाचार
अवको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य
अवको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य

: खानेपानीमन्त्री प्रदीप यादवले अवको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुराउन सफल भएको भन्दै आगामी एक वर्षभित्रमा ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन् ।


उनले यसका लागि ६ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले आगामी आर्थिक वर्षको बजेटमा स्वच्छ खानेपानीका लागि विशेष व्यवस्था मिलाउने जानकारी दिए । मन्त्री यादवले तराई मधेशमा सुख्खा मौसममा देखिने खानेपानी समस्या समाधान गर्नका लागि डिप ट्युवेलमार्फत् खानेपानी आपूर्ति बनाउने योजना कार्यान्वयनमा रहेको बताए । यसका लागि सम्बन्धित खानेपानी आयोजना कार्यालयहरूबाट डिप ट्युवेल निर्माणको कार्य अघि बढेको उनको भनाइ छ । उनले मकवानपुरको राप्ती खोलाका साथै सुनकोशी डाइभरर्सनबाट समेत खानेपानीको आपूर्ति गर्नका लागि डिजाइनको प्रक्रिया अघि बढेको उल्लेख गरे।

उनले झापादेखि महेन्द्रनगरसम्मका अधिकांशका जिल्लामा २०० भन्दा बढि खानेपानी ट्याङ्की बनेर तयार भएपनि सञ्चालनमा आउन नसकेको भन्दै मन्त्रालयले सहजीकरण गरेर त्यसलाई सञ्चालनमा ल्याइने बताए । उनले देशभर नै खानेपानीको समस्या दिर्घकालीन रुपमा समाधान गर्न मुहानको संरक्षण गर्दै लाने र खानेपानीका विषयमा राजनीतिकरण हुन नदिने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् । काठमाडौं–४ मा शनिबार चुनाव लक्षित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए । ‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौं मण्डिखाटारस्थित घरको झ्यालमा तोडफोड भएको छ । झ्यालको ग्रिल फुटाएको अवस्थामा देखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । ‘ग्रिल फुटेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘आफन्तले जानकारी गराएपछि हामीले थप अनुसन्धान सुरु गरेका छौं ।' चोरी गर्ने नियतले नै झ्यालको ग्रिल ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए। सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन् । आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने बताए । शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा- काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुले देशलाई विजयी बनाउनु हुनेछ, १६५ ...
। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए । उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ । यसका साथै होटल, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम