मुख्य समाचार
नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव
नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव

: बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरू भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा बिहीबार महोत्सव सुरू भएको हो।


नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको हो। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको प्रवर्द्धन र सम्वर्द्धनका लागि चिनियाँ दूतावासको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे।

नेपालस्थित चिनियाँ राजदूत छन् सोङले लुम्बिनी विश्वकै पवित्र ठाउँ भएको बताए। उनले बुद्ध जन्मस्थल लुम्बिनीबाट बुद्ध शिक्षा संसारको लागि प्रचारप्रसार गर्न महत्त्वपूर्ण रहने बताए।सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि बताए। 'नेपाल र चीनको सम्बन्ध हार्ट टु हार्ट अर्थात् मनदेखि मनसम्म रहेको छ,'उनले भने।

सो अवसरमा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनको दौत्य सम्बन्धलाई अझै मजबुत बनाउन लुम्बिनी शान्ति उत्सव थप प्रभावकारी हुने बताए। महोत्सव ३ दिनसम्म विविध कार्यक्रमसहित मनाइँदैछ।

आज बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको थियो। शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको छङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान हुने कार्यक्रम छ। शनिबार बिहान साढे ६ बजेदेखि साढे ११ बजेसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,साँझ ६ बजेदेखि ८ बजेसम्म लुम्बिनी शान्ति कन्सर्टको तालिका छ।

यसैगरी चैत २४ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबारे सम्मेलन हुने जनाइएको छ । वैशाख २८ गते शनिबारका दिन फोटो प्रदर्शनी राखिएको छ। छङ्ह्वा गुम्बा स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो। सोही दिन प्रार्थना समारोह र भोलिपल्ट बुद्ध जयन्तीको दिन समापन समारोहको आयोजना गरिने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुर्खेतको गुर्भाकोट नगरपालिका घर भई वीरेन्द्रनगरमा बस्दै आएको थियो,इनिसा विकको परिवार। उनी सधैं झैं यही फागुन २३ गते पनि बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन्। उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका माविमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ८ बजेभित्रै घर फर्किने छोरी ९ बजेसम्म पनि घर नफर्किएपछि उनकी आमाले फोन गरिन्। तर,फोन ...
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपाति दुबैको नतिजा आई सक्दा ६ वटाले मात्र राष्ट्रिय दलको मान्यता
: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गादत्त बोहरा र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले क्यामेरा अन ...
: पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार गरिएको छ। उनीहरूलाई ललाइफकाई भारत लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उद्धार गरिएका महिलाहरूमा खोटाङको साबिक सुङ्देल गाविस ४ जन्म भई हाल सुनसरी वराहक्षेत्र- ३ नडाह बस्ने ३० वर्षीया मेनुका राई, सोही ठाउँकी २८ वर्षीया प्रमीला राई, २१ वर्षीया मनिषा माझी र सिन्धुपाल्चोक ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ल भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'एक्स'मा जवाफ दिँदै नेपालका भावी प्रधानमन्त्री बालेनले टी-२० विश्वकप जितेकोमा पनि बधाई दिएका छन्। उनले नेपाल र भारतीबीचको सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाइने बताए। 'नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ ...