मुख्य समाचार
स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह
स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह

: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरेका हुन् । उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए ।


उनले उद्योग व्यवसायको अवस्था निकै राम्रो नभएपनि राम्रो तर्फ उन्मुख रहेको धारणा राखे । प्रधानमन्त्री ओलीले विभिन्न उत्पादनमा आयात कम गरेर स्वदेशमा नै आत्मनिर्भर हुने र निर्यात समेत गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायीत्व भए सहज रुपमा उद्योगहरु सञ्चालन हुनसक्ने बताए । उनले सिमेन्टको विषयमा र लोडसेडिङका विषयमा सरकारले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए।



उनले धेरै राम्रा कानुनहरू निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग तथा व्यवसायी महासंघको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...