मुख्य समाचार
तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने
तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने

। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ ।

अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो ।




स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जनाएको छ ।

औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मस्तिष्क पक्षाघातमा आवश्यकपर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थाप्रति आभार व्यक्त गरे ।




उनले भने, ‘यो औषधि राज्य कोषबाट किनेर आवश्यकपर्नेलाई उपलब्ध गराउन गाह्रो थियो । आवश्यकताअनुसार अरु अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ । दातृ संस्थासँग अरु महँगा औषधि पनि माग गरेका छौं ।’

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा. पवनजङ्ग रायमाझीले मस्तिष्क पक्षाघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताए । उनका अनुसार ८०० भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको छ।

उनले भने, ‘मस्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मस्तिष्क पक्षाघात हुने सम्भावना हुन्छ । यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ ।’

डा. रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको ७० हजार रुपैयाँ पर्दछ ।

उनले भने, ‘यो औषधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मी (न्युरोलोजिस्ट) को आवश्यकता पर्दछ । त्यसैले सुरुआती चरणमा तीन वटा अस्पतालबाट दिने सोचेका छौँ । पछि आवश्यकताअनुसार सबै प्रदेशका सङ्घीय अस्पतालमा उपलब्ध हुन्छ ।’

उनले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा २ देखि ८ ‘सेन्टिग्रेड’मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाए । नेपालमा एक वर्षमा ३०० देखि ४०० को सङ्ख्यामा पक्षाघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्। उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी ...
भोटेकोशी नदीमा आएको बाढीले बागमती प्रदेशका जिल्लाहरूमा भीषण क्षति पुर्‍यायो । त्यसको निरीक्षण गरेर फर्किनुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ? भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा पालिकामा धेरै ठूलो जनधनको क्षति भएको छ । झन्डै ७ हजारको हाराहारीमा मानवीय क्षति भएको अनुमान गरेका छौं । मानवीय क्षतिसँगै त्यहाँका ...
। रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए । उनका ...
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...