मुख्य समाचार
टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन
टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन

। टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन शुरु भएका छन् । प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरिरहेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारी र प्रहरीबीच झडपको खबर पनि आएको छ । यसको प्रतिक्रियास्वरूप सरकारले देशकै सबैभन्दा ठूलो सहर इस्तानबुलमा चार दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ । साथै, धेरै सडक र मेट्रो सेवाहरू बन्द गरिएका छन् ।




१०० भन्दा बढी प्रदर्शनकारी पक्राउ

प्रदर्शनमा संलग्न १०० भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पक्राउ पर्नेमा धेरैजसो नेता र पत्रकार रहेका छन् । २२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तैयप एर्दोगान विरुद्धको यो सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक मानिएको छ ।




भ्रष्टाचारको आरोपमा गिरफ्तारी

५४ वर्षीय इमामोग्लु आधुनिक टर्कीका संस्थापक मुस्तफा कमाल अतातुर्कको पार्टी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता हुन् । उनी मार्च २३ तारिखमा राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा थिए, तर त्यसअघि नै उनलाई भ्रष्टाचार र आतंकवादी संगठनलाई सहायता पुर्‍याएको आरोपमा गिरफ्तार गरिएको हो ।

इमामोग्लुकी पार्टी सीएचपीले यस गिरफ्तारीलाई ‘आगामी राष्ट्रपतिको विरुद्ध गरिएको षड्यन्त्र’ भन्दै विरोध जनाएको छ । विपक्षी नेता ओजगुर ओजेलले विपक्षी दलहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।

उनले भने, ’गिरफ्तारी भए पनि इमामोग्लुलाई राष्ट्रपतिको उम्मेदवार बनाइनेछ ।’



यसैबीच, सामाजिक सञ्जालमा विपक्षी दललाई राष्ट्रपति चुनावको बहिष्कार गर्न माग उठिरहेको छ । प्रदर्शनकारीहरूले भनेका छन्, ’अब टर्कीमा स्वतन्त्र र लोकतान्त्रिक चुनाव सम्भव छैन ।’

तर, सरकार भने न्यायपालिका स्वतन्त्र रहेको दाबी गर्दै विपक्षीहरूको आरोप अस्वीकार गरिरहेको छ ।

इमामोग्लुको डिग्री रद्द, उम्मेदवारी संकटमा

गिरफ्तारी हुनुअघि नै इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिग्री रद्द गरेको थियो । यसका कारण उनको उम्मेदवारी संकटकालीन अवस्थामा पुगेको छ ।

टर्कीको संविधानअनुसार राष्ट्रपति बन्नका लागि उच्च शिक्षा अनिवार्य छ । यदि अदालतले आफ्नो निर्णय परिवर्तन गरेन भने इमामोग्लु राष्ट्रपति चुनाव लड्न अयोग्य ठहरिन सक्छन् ।

एर्दोगानलाई चुनौती दिइरहेका इमामोग्लु

इमामोग्लु राष्ट्रपति एर्दोगानको प्रशासनविरुद्ध सबल विपक्षी नेताको रूपमा उभिएका छन् । उनले रियल इस्टेट व्यवसाय छोडेर ४३ वर्षको उमेरमा राजनीति सुरु गरेका थिए ।

सन् २०१९ अघि उनलाई धेरैले चिनेका थिएनन् । तर, सन् २०१९ को इस्तानबुल मेयर चुनावमा राष्ट्रपति एर्दोगानको समर्थित उम्मेदवारलाई पराजित गरेर उनी चर्चित भए ।

पहिलो जित

सन् २०१९ मा उनले ४१ लाख मत ल्याएर १३ हजार मतको झिनो अन्तरले जितेका थिए । तर, चुनावमा अनियमितता भएको भन्दै निर्वाचन आयोगले चुनाव बदर गरिदियो ।

दोस्रो जित

जुन २०१९ मा फेरि चुनाव हुँदा उनले ८ लाख बढी मतले जित हासिल गरे । यस जितले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बलियो नेताका रूपमा उभ्यायो ।



इमामोग्लुले एर्दोगान पक्षलाई तेस्रो पटक हराए

इमामोग्लु इस्तानबुलका मेयर भएपछि उनले सहरको पूर्वाधार सुधार गर्न महत्वपूर्ण काम गरे । उनी सन् २०२३ को राष्ट्रपति चुनावका लागि बलियो उम्मेदवार मानिन्थे ।

तर, विपक्षी गठबन्धनले कमाल किलिचदारोग्लुलाई राष्ट्रपतिको उम्मेदवार बनायो ।

सन् २०२४ मा इस्तानबुल मेयर चुनावमा इमामोग्लुले फेरि एर्दोगान समर्थित उम्मेदवारलाई हराए । इमामोग्लुले एर्दोगान पक्षलाई हराएको यो लगातार तेस्रो पटक हो ।

इमामोग्लुको गिरफ्तारी—एर्दोगानको चाल ?

इमामोग्लुको गिरफ्तारीलाई एर्दोगानसँग जोडेर हेरिएको छ । सन् २०२३ मा एर्दोगानले लगातार तेस्रो पटक राष्ट्रपति पद जितेका थिए । तर, टर्कीको संविधानअनुसार कोही पनि चौथो कार्यकालका लागि राष्ट्रपति बन्न पाउँदैन ।

यद्यपि, आलोचकहरूले भनेका छन्, ’एर्दोगानले सत्ता टिकाइराख्न संविधान परिवर्तन गर्न सक्छन् ।’

सन् २०२८ भन्दा अघि चुनावको सम्भावना ?

टर्कीमा अर्को राष्ट्रपति चुनाव सन् २०२८ मा हुने तय छ। तर, संविधान संशोधन गरेर वा समयअघि चुनाव गराएर एर्दोगानले फेरि सत्तामा फर्कने प्रयास गर्ने सम्भावना छ ।

इमामोग्लुको गिरफ्तारी एर्दोगानले आगामी चुनावका लागि आफ्नो मुख्य प्रतिद्वन्द्वी हटाउन खोजेको रणनीति हुन सक्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...
: अमेरिकाको इडाहोमा लागेको डढेलो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या गरिएको छ। स्थानीय शेरिफ रोबर्ट नोरिसले कोउर डीएलेन शहरमा कम्तिमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएको बताए। शेरिफले भने,‘त्यहाँ एक, दुई, तीन वा चार सुटर थिए भन्ने हामीलाई थाहा छैन।’ अधिकारीहरूले धेरै दिशाबाट गोली चलेको बताए। मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन भनिएको ...