मुख्य समाचार
हत्या अभियोगमा २० वर्ष जेल सजाय सुनाइएका व्यक्ति २० वर्षपछि पक्राउ
हत्या अभियोगमा २० वर्ष जेल सजाय सुनाइएका व्यक्ति २० वर्षपछि पक्राउ

। व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शंखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङ छन् । उनले २२ चैत २०६१ मा भोजपुरको जरायोटार-४ घर भएका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको आरोप छ ।

बिक हत्याका दोषी तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको हो ।

चैनपुरबाट ६ चैतमा पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ...
। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । ...
। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’ यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ...
। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त ...
। नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन् । ‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ,’ अर्यालले भनिन्, ‘त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ ...