मुख्य समाचार
आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु
आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु

। आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली फिल्मले विश्व फिल्म बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकलाई आकर्षित गर्न सक्नुपर्ने उनको भनाइ छ ।




नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई अन्तराष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्न आवश्यक रहेको उनले बताए । ८ वर्षदेखि अन्तराष्ट्रिय चलचित्रलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता रहेको उनको भनाइ छ ।

निफले आफ्नो विशिष्टता र ऐतिहासिकता महोत्सवमा प्रस्तुत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए । विदेशी फिल्ममेकरलाई एकैठाउँमा ल्याउन महोत्सवले भूमिका खेल्ने चर्चा उनले गरे ।




डिजिटल प्रविधि र एआईको प्रयोगले फिल्ममा अवसर र चुनौती निम्त्याएको बताउँदै अध्यक्ष दाहालले चुनौतीलाई अवसरमा परिणत गर्न निफले नयाँ प्रविधिलाई अपनाउने र नयाँ बजार खोज्न प्रेरित गरिरहेको बताए ।

पाकिस्तानी राजदूत अव्रार हास्मीले नेपालको चलचित्र, संस्कृति र विविधताको प्रशंसा गर्दै पाकिस्तानी मात्र नभएर अन्य मुलुकका लागि पनि नेपाल घुम्न आउन प्रेरणाको स्रोत बनेको बताए । पाकिस्तानी र नेपाली फिल्म निर्माता, कलाकारले सहकार्य गर्न आवश्यक रहेको राजदूतले बताए ।



पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले नेपाली फिल्मलाई विश्वका दर्शकसँग जोड्ने माध्यम निफ भएको बताए । पर्यटन र चलचित्र क्षेत्रबीचको अन्तरसम्बन्धले नेपालमा विदेशी पर्यटक भित्राउन मद्दत पुग्ने उनले बताए । एउटा चलचित्र हेरेको भरमा नेपालमा अन्तराष्ट्रिय पर्यटक भित्रिने माध्यम चलचित्र बन्न सक्ने उनको भनाइ छ ।

बागमती प्रदेश रजिस्टार रेवती सापकोटाले प्रदेशले नेपाली फिल्म क्षेत्रमा महत्वपूर्ण अवसर खोजेको बताए । कूटनीतिक नियोगलाई रुपान्तरण गरेर कलाकारलाई सहयोग गर्नुपर्ने उनले बताए ।

फिल्मको निर्माणमा नयाँपन जरुरी रहेको बताउँदै उनले यसका लागि कानून बनाउनुपर्ने बताए । प्रदेशले २ वर्षदेखि सामुदायिक स्कुलमा कक्षा ९/१० का लागि फिल्म साक्षरता र स्क्रिप्ट राइटिङ सिकाउँदै आएको उनले बताए । ७ वटै प्रदेशसँग मिलेर फिल्म सुट गर्नका लागि नयाँ अवसर र वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।



भारतीय फिल्म विश्लेषक रीता दत्तले भारत सरकारले त्यहाँका फिल्मलाई सहयोग गर्ने गरेको अनुभव सुनाउँदै नेपाल सरकारले पनि महोत्सवलाई साथ सहयोग गर्नुुपर्ने बताइन् । स्वतन्त्र निर्माताले निर्माण गरेका फिल्म पनि अन्तराष्ट्रिय महोत्सवमा प्रदर्शन गरिएकोमा उनले खुसी व्यक्त गरिन् ।

महोत्सव अन्तर्गत शनिबार आयोजना हुने ‘फिल्म डे’मा ३ रुसी फिल्म देखाइनेछ । यसपटक महोत्सवमा ३ अडियन्स च्वाइस र एआई अवार्ड थप गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म खल्ती एपबाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

ओपनिङ फिल्मको रुपमा मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ छ । महोत्सवमा ४० देशका ८७ वटा फिल्म देखाइनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुफिल्मलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिने छ ।

सर्वोत्कृष्ट हुने एआई फिल्मलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो फिल्म र वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रम सोसाइटीले राजनीतिबाट टाढा रहेर कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटीका विषयमा शनिबार मन्त्रालयमा भएको छलफलमा उनले रेडक्रसको केन्द्रीय तहमा वर्षौंदेखि रहेका संस्थागत समस्यालाई कानुनबमोजिम विधि र प्रक्रियाबमोजिम हल गर्नेगरी काम गर्न निर्देशन दिए । गृहमन्त्री अर्यालले तदर्थ समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्न समयमा नै निर्वाचन गर्न, संस्थाको विधानलाई सङ्घीयताअनुसार ...
— एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् । एमालेको ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले जिल्लाको विकास गर्ने ...
— जेन-जी प्रदर्शनमा काठमाडौंबाट फरार एक कैदी गुल्मीमा पक्राउ परेका छन् । छत्रकाेट गाउँपालिका- ५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गेलाई तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । प्रहरी अनुसार नियन्त्रणमा लिइएका कैदी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट फरार रहेका थिए । उनी जबर्जस्ती करणी मुद्दाका फरार कैदी हुन् । आइतबार ...
— रसुवाको पर्यटकीयस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा पानी बरफ बनेको छ । पानी जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ । पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले ...
— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने बताएका छन्। विशेषगरि झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग हुन्छ कि हुँदैन भन्ने कान्तिपुरको जिज्ञासामा उनले यसपाली कसैलाई पनि यो क्षेत्रमा राप्रपाले नसघाउने प्रष्ट पारेका हुन्। ‘सघाउने नै हो भने ...