मुख्य समाचार
काठमाडौंका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौंका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

। नियुक्ति पाएको शिक्षक अनुपस्थित भएको बेला खेताला शिक्षक राखेर तलब दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर मावि, काठमाडौंका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कुलेश्वर माविका प्रधानाध्यापक सानुकान्छा नेपाल, सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालयको लेखापाल स्मृती रेग्मी र खेताला शिक्षक बनेकी श्रुती भण्डारी भनिने अम्बिका घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।




अख्तियारको आरोप अनुसार, उनीहरूले १ फागुन, २०८० देखि असार, २०८१ सम्म अम्बिकालाई खेताला शिक्षकको रुपमा नियुक्त गरेका थिए । अख्तियारले करार शिक्षक विद्यालयमा अनुपस्थित भएका बेला काठमाडौं महानगरपालिकालाई जानकारी नगराई खेताला शिक्षक नियुक्त गरेको आरोप लगाएको छ ।

प्रधानाध्यापक सानुकान्छा नेपालले राहत दरबन्दीका करार शिक्षक विद्यालयमा अनुपस्थित भएका बेला खेताला शिक्षक नियुक्त गरेको तर तलबभत्ता भने मूल शिक्षकलाई नै चेकमार्फत भुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।




अख्तियारका अनुसार, सहायक प्रधानाध्यापक शिवहरि घिमिरेले आफ्नो नाता पर्ने अम्बिका घिमिरेलाई खेताला शिक्षक नियुक्त गरेकाले उनलाई पनि मुद्दा चलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो । बस सडकबाट करिब २५ मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् । शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् । सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्‌मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ । कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् । संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ ? र कस्ता विधेयकको प्राथमिकीकरणमा राखिएको छ ? भन्नेबारे मन्त्री गौतमले छलफल गरेकी थिइन् । विधायन ऐनअनुसार ...
। राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो । प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र ...
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...