मुख्य समाचार
लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित
लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

। दिपेन्द्र रावतले अर्धशतकसँगै ३ विकेट पनि लिएपछि कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

तेस्रो जित निकाल्ने क्रममा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको हो । कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३ बल अगावै २०० रनमा समेटियो ।




प्रज्वल थापाले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन । उनले ८४ रन बनाए भने कप्तान देव खनालले ४० रन बनाए । आकाश त्रिपाठीले २१ र मनिष थापाले १६ रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले १० ओभरमा ४१ रन दिएर ३ विकेट लिए । दिनेश अधिकारीले पनि ३ विकेट लिँदा प्रकाश जैसीले २ तथा दिवान पुन र सुनिल धमलाले १-१ विकेट हात पारे ।




त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा अलआउट हुँदै २०५ रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्रले सर्वाधिक ६६ रन बनाए भने अर्जुन घर्तीले ५६ रन बनाए ।

५६ रनमा ६ विकेट गुमेपछि दबाबमा आएको कर्णालीका लागि दिपेन्द्र र अर्जुन मिलेर १०२ रनको साझेदारी गर्दै कमब्याक गराएका थिए ।

लुम्बिनीका लागि रमेश कुर्मीले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र बिप्राशन केसीले २-२ तथा कप्तान देव खनालले १ विकेट लिए ।

लुम्बिनीले ७ खेल खेल्दा ४ जित निकालेको छ भने कर्णालीले योसँगै ६ खेलमा ३ जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तीन वर्षअघि घरेलु मैदानमा युएईलाई हराउँदै पहिलो पटक एसिया कपको यात्रा तय गरेको नेपालले फेरि त्यही प्रतिद्वन्द्वीलाई पराजित गर्दै दोस्रो पटक एसिया कपमा स्थान बनाएको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा युएईमाथि ४४ रनको जित निकाल्दै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ ...
। नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो । यूएईका ...
। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई उपाधि जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा १७ विकेट लिए । सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा भएको बाढीको क्षतिबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन् । उनले पहिलो खेलमै बहराइनविरुद्ध ५ विकेट लिएका थिए । मलेसियाविरुद्ध १, ...
। दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गयाना अमेजन वारियर्सका लागि सेन्ट लुसिया किंग्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । प्रोभिडेन्समा बुधबार भएको खेलमा ताहिरले चार ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । यो उनको टी–२० ...
: नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गरेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। एसीसी प्रिमियर कपको शिर्ष ३ टोलीले इमर्जिङ टिम्स एसिया कपमा खेल्न पाउनेछन्। नेपालले ओमानलाई पराजित गरेसँगै फाइनल पुगेको हो। ओमान र हङकङबिच तेस्रो स्थानको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम