मुख्य समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बाबुराम भट्टराईलाई १ नम्बर प्रदेश कहाँ छ भन्दै प्रश्न गरे
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बाबुराम भट्टराईलाई १ नम्बर प्रदेश कहाँ छ भन्दै प्रश्न गरे

। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई १ नम्बर प्रदेश कहाँ छ भन्दै प्रश्न गरेका छन् ।

पार्टी कार्यक्रमका लागि सुनसरीको झुम्का पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार फेसबुकमा फोटो सार्वजनिक गर्दै लेखेका छन्, ‘प्रदेश १ को अभिमुखीकरण कार्यक्रमको सिलसिलामा सुनसरी झुम्कामा रंगीचंगी भेषभुसामा सजिएका थारू साँस्कृतिककर्मीहरूका साथ’ ।




भट्टराईले प्रदेशको नाम नलेखेपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले उनको फेसबुक पोष्टमा कमेन्ट गर्दै लेखे, ‘आदरणीय डाक्टर साब नमस्कार । कहाँ छ हजुर प्रदेश १ ? यो प्रदेशको नाम कोशी हो है ।’

पहिचान पक्षधरहरूको चर्को आन्दोलनको बीच १६ फागुन २०७९ मा तत्कालीन बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ नामाकरण गरेको थियो । त्यसलाई पहिचान पक्षधरहरूले अस्वीकार गर्दै आएका छन् ।




डा. भट्टराई सुरुदेखि नै पहिचानका आधारमा नाम राख्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो । बस सडकबाट करिब २५ मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् । शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् । सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्‌मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ । कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् । संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ ? र कस्ता विधेयकको प्राथमिकीकरणमा राखिएको छ ? भन्नेबारे मन्त्री गौतमले छलफल गरेकी थिइन् । विधायन ऐनअनुसार ...
। राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो । प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र ...
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...