मुख्य समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग

। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ ।

बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको छ ।


बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ ।

‘नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले आवेदन दिन सक्नेछन्,’ सूचनामा भनिएको छ ।


मन्त्रालयमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंहले फागुन १२ मा अवकाश पाएका थिए ।

सचिवमा डा. विकास देवकोटाले जिम्मेवारी पाएपछि मन्त्रालयमा अहिले १२ औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु