मुख्य समाचार
श्याम घिमिरेलाई कांग्रेस नेताहरूको सुझाव– संसद्‌मै माफी माग्नुस्
श्याम घिमिरेलाई कांग्रेस नेताहरूको सुझाव– संसद्‌मै माफी माग्नुस्

। यौन व्यावसायबारे बोलेको विषयलाई लिएर कांग्रेस पदाधिकारी बैठकमा प्रमुख सचेतक श्याम कुमार घिमिरेको आलोचना भएको छ ।

मंगलबार बसेको वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा घिमिरेको अभिव्यक्तिले पार्टीलाई नै असर परेको भनेर छलफल भएको थियो । उक्त छलफलमा घिमिरे समेत उपस्थित थिए ।




छलफलपछि कांग्रेस नेताहरूले घिमिरेलाई संसद्‌मै माफी माग्न भनेका छन् ।

कांग्रेस नेतृ इश्वरीदेवी न्यौपानेका अनुसार पदाधिकारी बैठकमा घिमिरेको अभिव्यक्तिको आलोचना भएको हो ।




‘हामी सबैको अब्जेसन भयो । त्यो ठीक छैन । नारी अस्मिताकै विषय भयो’ न्यौपानले भनिन् ।

प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा समय लिएरै माफी माग्न कांग्रेस नेताहरूले घिमिरेलाई भनेका हुन् ।

गत आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने बताएका थिए ।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो ।

‘यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए ।

कांग्रेसको प्रमुख सचेतकको यस्तो भनाइको संसद्‌मै विरोध हुँदै आएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त घिमिरेको अभिव्यक्ति संसदीय रेर्कडबाट हटाउन माग नै राखेको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राइले यौन व्यवसाय खुला गर्नुपर्ने सम्बन्धी घिमिरेको भनाइ संसदीय रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

‘…यस्तो बिचारले अनुशासित र मर्यादित रुपममा रहेको समाजलाई अराजकतातिर पुर्‍याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन सभामुख महोदयको रुलिङको माग गर्दछु’ उनले भनेकी थिइन् ।

राप्रपा लगायतका विपक्षी दलहरूले पनि घिमिरेको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । यो बेला कांग्रेस नेताहरूले समेत घिमिरेलाई संसद्‌मै माफी माग्न सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...