मुख्य समाचार
ऊर्जामन्त्री खड्काले लोडसेडिङ हुने बताए
ऊर्जामन्त्री खड्काले लोडसेडिङ हुने बताए

— सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् ।

हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका हुन् । 'सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,' उनले भने, 'हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।'


नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काको भनाइ थियो । उनले नेपालमा लोडसेडिङ अन्त्यका लागि भारतलाई धन्यवाद दिनुपर्ने दोहोर्‍याएका हुन् । यसअघि प्रतिनिधिसभामा पनि भारतलाई लोडसेडिङ अन्त्य गरिदिएकोमा धन्यवाद दिनुपर्ने अभिव्यक्ति दिएका थिए । 'निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्‌ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ । त्यसकारण उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है, बरु यो धन्यवाद भारतलाई दिऔं, निजी क्षेत्रलाई दिऔं । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यवाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो,’ उनले भने ।

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिए पनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए । प्राधिकरण नाफामा रहेको भनी गरिएको दाबीमा कुनै सत्यता नभएको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले उपमहासचिव योगेश भटटराईले आसन्न निर्वाचनमा कार्यकर्ताले गरेका सबै प्रश्नको जवाफ एमालेले दिन पर्ने बेला भएको बताएका छन् । आइतबार पूर्वी नवलपरासीको दलदलेमा आयोजित एमाले कार्यकर्ता भेलामा उपमहासचिव भट्टराईले नेतृत्वका गल्तीका कारण देश छिट्टै निर्वाचनमा होमिएको बताएका हुन् । 'एमालेबाट गल्ती भएको छ, त्यसका लागि हामी तपाईंहरूसँग क्षमा चाहन्छौँ,' उनले भने, ,हाम्रा बारेमा थुप्रै प्रश्न उठेका ...
— तत्कालीन नेकपा माओवादी केन्द्रबाट सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष प्रत्यासी मुनिलाल खंग (खत्वे) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दुई दिनमै जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुगेका छन् । तत्कालीन जमुनी मधेपुरा गाविसका अध्यक्षसमेत उनी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा चुनाव लड्दा १ हजार १ सय ८३ मत ल्याएका थिए । त्यसबेला जसपा नेपालकै ...
— १२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) को लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको सुर्खेत प्रहरीले जनाएको छ । आर्थिक लाभ लिई अर्काको नाममा परीक्षा दिनेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनीहरू नागरिकता तथा प्रवेशपत्रमा फोटो ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गरेका छन् । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिससा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले लडाइँ देश जलाउने कि देश बनाउनेहरुको बीचमा रहेको बताए । रास्वपा उद्देश्य र ...
— गृह मन्त्रालयले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन सहमति प्रदान गरेको छ। गृहको सहमतिपछि महानगरपालिकाले ४ आना, २ पैसा, १ दाम क्षेत्रफलको जग्गा र सो जग्गामा बनेको भवन प्रयोग गर्नेछ। यसको सट्टा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता ...