मुख्य समाचार
हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनी
हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनी

— इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा हमासविरुद्ध इजरायलले पूरै शक्तिका साथै फेरि लडाइँ सुरु गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहानदेखि सुरु भएको भीषण हवाई आक्रमणपछि मंगलबार राति उनले यस्तै प्रतिक्रिया दिएका हुन् ।


एक भिडियो जारी गर्दै उनले हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनीसमेत दिएका छन् ।

आफ्नो बयानमा नेतान्याहुले इजरायली बन्धकलाई रिहान गर्नका लागि हमाससँग कुराकानीको कोशिस गरेको बताएका छन् । तर हरेक प्रस्तावलाई हमासले अस्वीकार गरेपछि पुन: आक्रमणमा उत्रिनुपरेको उनको आरोप छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्यमन्त्रालयका अनुसार चार सयभन्दा बढी इजरायली आक्रमणमा मारिउका छन् । गत जनवरी १९ मा गाजामा युद्धविराम भएयता मंगलबारको आक्रमण सबैभन्दा ठूलो र विनाशकारी हो ।

एकैदिन साढे चारसयको हाराहारीमा मारिएका छन् । जसमा केही हमासका उच्च अधिकारीसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ब्रिक्स देशका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आइपुगेका रूसी विदेशमन्त्री सर्गेई लाभरोभले भारत र रुसबीचको सम्बन्ध अटुट रहेको बताएका छन् । दुई देशबीचको दूरी बढ्नु असम्भव रहेको र यसको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ । पत्रकारहरूसँगको कुराकानीमा विदेशमन्त्री लाभरोभले भारत र रुसको सम्बन्धलाई कुनै एउटा शब्दमा मात्र सीमित गर्न कठिन हुने उल्लेख गरे ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एउटा मुख्य उद्देश्य चीनको बढ्दो आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्नु रहेको छ । यस भ्रमणलाई हतियार कटौतीका विषयमा वार्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । हालैका वर्षहरूमा चीनले आफ्नो आणविक कार्यक्रमलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । सीएनएनको एक अनुसन्धानका अनुसार चीनले आणविक हतियार उत्पादन केन्द्रहरू निर्माण गर्न गाउँ ...
: भारतको एक चार सदस्यीय परिवार आफ्नै घरमा मृत फेला परेको लगभग तीन हप्ता बितिसक्दा पनि अनुसन्धानकर्ताहरूले वास्तवमा के हो भन्ने पत्ता लगाउन सकेका छैनन् । अब्दुल्लाह, उनकी पत्नी नसरीन र दुई छोरी आयशा तथा जैनब अप्रिल २५ मा मुम्बईको पायधोनी क्षेत्रमा रहेको घरमा मृत फेला परेका थिए । घटनाको समाचार सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमहरूले ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरिरहेका छन् । अल जजिराका अनुसार ग्रेट हल अफ द पिपलमा भइरहेको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन् । रोचक कुरा के छ भने, चीनले उनलाई विदेशमन्त्री बन्नुअघि दुई पटक प्रतिबन्ध लगाएको थियो । बेइजिङमा अमेरिकी समकक्षीसँग हुने उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी ...
। आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका ...