मुख्य समाचार
साउदीमा निधन भएका चौधरीको परिवारलाई आर्थिक सहयोग
साउदीमा निधन भएका चौधरीको परिवारलाई आर्थिक सहयोग

: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया ज्यान गुमाएका रौतहट भवानीपुरका बिनोद चौधरीको परिवारलाई ४ लाख २५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरिएको छ। मृतक चौधरी अरबको दमाममा गत मार्च ७ तारिखका दिन आफ्नै क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएको थियो।


मृतक चौधरीलाई कम्पनीमा कार्यरत कामदारहरूले सकेको आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो। ४० वर्षीय चौधरी ८ महिनाअघि नेपालमा रहेको गण्डकी ओभरसिजबाट साउदीको दमामस्थित अल दाम अल मुह्राफ अपरेसन तथा मेन्टेनेन्स कम्पनीमा कामदारको रूपमा साउदी पुगेका थिए। उनी दमामको सेकेन्ड सनैयास्थित एक पाइप कम्पनीमा काम गर्थे।

गत मार्च ६ गते बिहीबार राति काम गरी शुक्रबार बिहान खाना बनाएर बेलुकी ड्युटीका लागि टिफिन तयार गरी सुतेको अवस्थामा उनको निधन भएको उनका सहकर्मी सुमन खड्काले जानकारी दिए। खड्काका अनुसार काममा राम्रो छबि बनाएका चौधरीको अकस्मात् निधनको खबरले आफूहरू मर्माहत भएको र उनको परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनेर कामदार साथीहरूबाट उक्त सहयोग संकलन गरिएको हो।



जीवनयापन गर्नका लागि साउदी आएका चौधरीको निधनपछि मानवीय सहयोगस्वरूप संकलित रकम उनको परिवारसँग छलफल गरी आइतबार इन्जाज रेमिटमार्फत उनकी श्रीमती गीता चौधरीको खातामा हस्तान्तरण गरिएको नेपाली साझा मञ्च साउदीका कोषाध्यक्ष भरत पौडेलले जानकारी दिए।

मृतक चौधरीको शव आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइने नेपाली दूतावासका प्रथम सचिव टीकाराम उपाध्यायले बताए। शवलाई चाँडै स्वदेश फर्काइदिन परिवारले साउदीस्थित विभिन्न संघसंस्था र नेपाली दूतावासलाई आग्रह गरेका छन्। मृतकका घरमा श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...