मुख्य समाचार
सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित
सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित

: सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।


प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले दिएको ११७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले ३१.१ ओभरमा लक्ष्य पूरा गरेको हो।

सुदूरपश्चिम प्रदेशका लागि किरण ठगुन्नाले सर्वाधिक ४३ रनको अविजित पारी खेले। उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर टेक रावत सस्तैमा आउट हुँदा अर्का ओपनर खडक बोहोराले ११ रन बनाए। प्रकाश पाण्डेले २२ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान नारायण जोशले २५ रनको अविजित पारी खेले।



लुम्बिनीका लागि बलिङतर्फ रमेश कुर्मीले सर्वाधिक २ विकेट लिए। निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रन बनाउँदै अलआउट भएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए। शीर्ष क्रममा तीन ब्याटर सस्तैमा समेटिँदा देवले सम्हालिएको पारी खेलेका हुन्। उनले ७१ बलमा ४ चौका प्रहार गरे।

प्रज्वल थापाले ३० रन बनाउँदा अन्य कुनै पनि ब्याटरको ब्याटरले दोहोरो अंकको रन जोड्न सकेन। सुदूरपश्चिम प्रदेशका लागि हेमन्त धामीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडनसहित २६ रन खर्चिए। सूर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहोराले समान २–२ विकेट लिए।

लुम्बिनी ६ खेलमा ४ जित र १२ हारसहित ८ अंक बटुलेको छ। आजको खेल जितेको भए लुम्बिनीको पनि फाइनल खेल्ने सम्भावना रहन्थ्यो। आजको हारले लुम्बिनीको शीर्ष २ मा पुग्ने लक्ष्यमा बाधा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो । यस्तै ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ । रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष ...