मुख्य समाचार
साफ यू–१९ पुरुष च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाए
साफ यू–१९ पुरुष च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाए

: साफ यू–१९ पुरुष च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन्।


मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले उनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्।

उर्जनले यसअघि नेपालमै आयोजना भएको साफ यू२० च्याम्पियनसिपमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उक्त प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो।



नेपालले साफ यू१९ च्याम्पियनसिपको समूह बी मा रहेको नेपालले पहिलो खेल मे ११ श्रीलंकासँग खेल्नेछ। समूह चरणको दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ।

समूह ए मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ। यस प्रतियोगितामा ६ वटा राष्ट्रले सहभागिता जनाउनेछन्। २ टिममा विभाजन गरी खेलिने यस खेलमा समूहको शीर्ष २ ले सेमिफाइनल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । फागुन ४ गतेसम्म सञ्चालन हुने यस पटकको प्रतियोगिता ...
। साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पर्ल फर्नान्डेजले भारतका लागि वियजी गोल गरिन् । उनले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै गोल गर्दै भारतलाई ...
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ । शनिबार ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई ४८ रनले पराजित गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको एमसीएले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । एमसीएका ...
। थाइल्यान्ड आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट एक खेल खेल्नुअगावै बाहिरिएको छ । शुक्रबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा अमेरिकासँग २८ रनले पराजित भएसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना सकिएको हो । सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले अब अन्तिम खेल जितेपनि पर्याप्त हुने छैन । अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९ ओभरमा १०० रनमा ...
। यही फेब्रुअरी दोस्रो सातादेखि थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा नेपालको कप्तानी पूजा महतोले गर्ने भएकी छन् । नियमित कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो । प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ । पूजाले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम