मुख्य समाचार
साफ यू–१९ पुरुष च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाए
साफ यू–१९ पुरुष च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाए

: साफ यू–१९ पुरुष च्याम्पियनसिप प्रतियोगिताका लागि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन्।


मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले उनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्।

उर्जनले यसअघि नेपालमै आयोजना भएको साफ यू२० च्याम्पियनसिपमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उक्त प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो।



नेपालले साफ यू१९ च्याम्पियनसिपको समूह बी मा रहेको नेपालले पहिलो खेल मे ११ श्रीलंकासँग खेल्नेछ। समूह चरणको दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ।

समूह ए मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ। यस प्रतियोगितामा ६ वटा राष्ट्रले सहभागिता जनाउनेछन्। २ टिममा विभाजन गरी खेलिने यस खेलमा समूहको शीर्ष २ ले सेमिफाइनल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमा अलआउट भयो । नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए । मयन यादवले २० तथा दीपक डुम्रेले ...
: एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको १०४ रनको विजय लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै १०६ रनसहित लक्ष्य पूरा गरेको हो। मलेसियाको बाङ्गीस्थित युकेएम वाइएसडी वाइएसडी ओभरमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो। मलेसियाले दिएको लक्ष्य पूरा गर्न ...
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।