मुख्य समाचार
चिनियाँ कम्पनी बाइडुले दुईटा नयाँ एआई मोडेल सार्वजनिक
चिनियाँ कम्पनी बाइडुले दुईटा नयाँ एआई मोडेल सार्वजनिक

— तीन महिनाअघि ‘डिपसिक’ सार्वजनिक हुँदा यो एआई प्लाटफर्म, अमेरिकी कम्पनी ओपेनएआईको च्याटजीपीटीभन्दा सस्तो लागत र न्यून कम्प्युटिङ पावरमा निमार्ण गरिएको भनेर व्यापक चर्चा भयो । त्यसयता चीनमा डिपसिकभन्दा पनि सस्तो लगानीमा बनाइएका एआई टुलहरू एकपछि अर्को गर्दै धमाधम सार्वजनिक भइरहेका छन् ।

सोमबार मात्रै चिनियाँ कम्पनी बाइडुले दुईटा नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । बाइडुको अर्नी ४.५ र अर्नी एक्स वान मोडेल डिपसिकको आर वान मोडेललाई टक्कर दिने गरी तयार गरिएको छ। चिनियाँ सूचना प्रविधि कम्पनी बाइडुको दाबीअनुसार यी मोडेलहरू डिपसिकको आर वानजत्तिकै सशक्त छन् भने आर वानको तुलनामा आधा लागतमा निर्माण गरिएको छ ।


ग्लोबल टाइम्सका अनुसार नयाँ एआई मोडलहरू सार्वजनिक गर्नेमा बाइडु एक्लो छैन । यसअघि मार्च ६ मा अलिबाबा क्लाउडले तोङ्गयी क्विनयेन क्यु डब्लु क्यु- ३२ बी नामक ओपेन-सोर्स मोडल सार्वजनिक गरेको थियो । हिसाब-किताब, कोडिङ र जेनेरल क्यापाबिलिटिजमा यसले डिपसिकको आर वानसरह परफर्समेन्स दिने अलिबाबाको दाबी छ । अर्को ठूलो प्रविधि कम्पनी टेन्सेन्टले फेब्रुअरि २७ मा हुन्युआन टर्बो एस नामक एआई मोडल सार्वजनिक गरेको थियो ।

चीनमा अहिले स्थानीय कम्पनीहरूबीच एआई प्रविधिमा प्रतिस्पर्धा बढ्दै गएको छ । यस प्रतिस्पर्धामा अलीबाबा, टेन्सेन्ट, बाइडु, बाइटडान्सजस्ता ठूला प्रविधि कम्पनीसँगै कयौँ नयाँ स्टार्टअपहरूको पनि लहर छ । यी कम्पनीहरूमा विशेषगरी चीनका ‘सिक्स टाइगर्स अफ एआई’ (एआईका ६ ठूला कम्पनी) भनिने स्टेपफन, जिपु एआई, मिनिम्याक्स, मुनसट, ०१. एआई र बाइचुवानबीच प्रतिस्पर्धा देखिन्छ । यी कम्पनीहरू फाउन्डेसनल मोडेलहरूदेखि उपभोक्ता-केन्द्रित एप्लिकेसनहरूमा नयाँ-नयाँ पहल गर्दै आएका छन् ।

सन् २०२३ मा सांघाइमा स्थापना भएको स्टेपफन एआईलाई अडियो र भिडियो जेनेरेसनमा ‘अर्को डिपसिक’ का रूपमा लिने गरिएको छ । एक ट्रिलियनभन्दा बढी प्यारामिटरहरूसहित निर्माण गरिएको यसको स्टेप-२ नामक ल्यांग्वेज मोडेललाई विश्वकै शीर्ष मोडेलहरूमा गनिन्छ । कम्पनीले आर्टिफिसियल जेनेरेल इन्टेलिजेन्स (एजीआई) मा समेत अनुसन्धान गरिरहेको छ । स्टेपफनले अडियो च्याट, टेक्स्ट टु स्पिच, टेक्स्ट टु भिडियो मोडलहरू विकास गरेको छ ।

Sunrise bank
Nepal Life Insurance

Chinese companies releasing AI models one after the other

त्यस्तै, सन् २०१९ मा बेइजिङमा स्थापना भएको अर्को चर्चित चिनियाँ एआई कम्पनी ‘जिपु’ ले सन् २०२२ मा चीनको पहिलो सेल्फ-ट्रेन्ड लार्ज ल्या‌ंग्वेज मोडल विकास गरेको थियो । यसको च्याटबट एप ‘च्याट जीएलएम’का साँढे २ करोडभन्दा बढी प्रयोगकर्ता छन् । जिपु एआईलाई ओपेनएआईको चिनियाँ विकल्पका रूपमा लिने गरिएको छ । रोयटर्सका अनुसार गत जनवरीमा यस कम्पनीलाई अमेरिकाले कालो सूचीमा राखेर कुनै पनि अमेरिकी उत्पादन जिपुले खरिद गर्न नमिल्ने बनाइदिएको थियो । लगत्तै चीन सरकार मातहतको हुआफा समूहले जिपुलाई ५ सय मिलियन युआन (करिब ६ करोड ९० लाख डलर) लगानी उपलब्ध गराएको थियो ।



चीनमा डिपसिक, म्यानसजस्ता स्टार्टअप कम्पनी र एआई प्लाटफर्महरू पनि आफ्नो पहिचान बनाउन सफल भएका छन् । एआई प्रविधिलाई नभइ नहुने सेमिकन्डक्टर चिपमा अमेरिकाको प्रतिबन्ध र फाउन्डेसनल मोडेल प्रशिक्षणमा लाग्ने उच्च लागतजस्ता अवरोधहरूले कम्पनीहरूलाई सिर्जनशील बन्न प्रेरित गरिरहेका छन् । कम्पनीहरूलाई पछिल्लो समय चीन सरकार र राष्ट्रपति सी चिनफिङले पनि पर्याप्त हौसला प्रदान गर्दै आएका छन् ।

बीबीसीका प्रविधि पत्रकार टम सिंगलटनले कुनै बेला प्रविधि कम्पनीहरूमाथि कडाइ गरेका राष्ट्रपति चिनफिङले कसरी अहिले पुन: साथ दिइरहेका छन् भन्नेबारे विश्लेषणात्मक समाचार लेखेका छन् । उनका अनुसार गत फेब्रुअरीमा अमेरिकी ओभल अफिसमा डोनाल्ड ट्रम्पको छेउमा प्रविधि धनाढ्य इलन मस्क उभिएर बोलेको विषयमा विश्वको ध्यान गइरहँदा त्यही समय आसपास बेइजिङको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति चिनफिङले अलिबाबाका संस्थापक ज्याक मालाई छेउमा राखेर बैठक गरेका थिए ।

Chinese companies releasing AI models one after the other

फेब्रुअरी १७ मा बेइजिङमा प्रविधि क्षेत्रका उद्यमीहरूसँगको बैठकका क्रममा हुवावेका प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फेईसँग हात मिलाउँदै राष्ट्रपति सि चिनफिङ । तस्बिर : सिन्ह्वा/एपी
चिनियाँ प्रविधि उद्योगका ठूला व्यवसायीहरू उपस्थित उक्त बैठकमा राष्ट्रपति चिनफिङले उनीहरूलाई ‘आफ्नो क्षमता देखाउन’ अनुरोध गरेका थिए । कोभिड महामारीपश्चात सुस्ताएको चिनियाँ अर्थतन्त्रलाई माथि उठाउन प्रविधि कम्पनीहरूको सहायता खोजिरहेको चीन सरकारले कम्पनी र स्टार्टअपहरूलाई खुलेरै मद्दत गर्दा यो उल्टै प्रत्युत्पादक त हुँदैन भन्ने प्रश्न पत्रकार सिंगलटनको छ । उनले हुवावे र टिकटकको उदहारण दिँदै प्रविधि कम्पनीमा चीन सरकारको साथ देखिँदा डेटा सुरक्षा र गोपनीयताको श‌ंका उब्जिएर ती निकै समस्यामा परेको उनले उल्लेख गरेका छन् ।

‘सरकारले दिइरहेको साथसँगै प्राप्त हुने अतिरिक्त लगानीका कारण भविष्यमा चिनियाँ कम्पनीहरूले एआईमा थप उन्नत प्रगति हासिल गर्न सक्छन्,’ पत्रकार सिंगलटनको निचोड छ, ‘त्यो बेला धेरैलाई अहिले ओभल अफिसतिर ध्यान दिनुको सट्टा ग्रेट हल अफ पिपलतिर ध्यान दिएको भए हुन्थ्यो भन्ने लाग्न सक्छ ।’

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको प्रिमियम रेसिडेन्सी केन्द्रले दक्ष जनशक्ति भित्र्याउन निजी क्षेत्रका ३ हजार ४ सय ८४ रोजगारदाता संस्थालाई स्वीकृति दिएको छ। ती संस्थामा कार्यरत कर्मचारीहरू आवश्यक मापदण्ड पूरा गरेमा विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी प्राप्त गर्न योग्य हुनेछन्। ओकाज पत्रिकाका अनुसार यो निर्णय साउदी अरबको दक्ष जनशक्ति भित्र्याउने रणनीतिअन्तर्गत लिइएको हो। विशेष प्रतिभा प्रिमियम रेसिडेन्सी कार्यक्रम वैज्ञानिक, प्रशासनिक ...
— मेक्सिकोको सालामांका नगरपालिकामा सोमबार एक फुटबल मैदानमा भएको गोलीकाण्ड (आक्रमण) मा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घटना फुटबल खेलपछि भएको थियो, जहाँ स्थानीय समुदाय र खेलप्रेमीहरू जम्मा भएका थिए । आक्रमणपछि मैदानमा बियरका क्यान, मैनबत्ती र रगतले लतपत कपडा फेला परेको थियो । गुआनाजुआटो राज्यकी राज्यपाल ...
— बंगलादेशको अदालतले सोमबार ढाकाका पूर्व प्रहरी प्रमुख तथा अन्य दुई वरिष्ठ प्रहरी अधिकारीलाई मृत्यदण्डको सजाय सुनाएको छ । जुलाई २०२४ मा चलेको आन्दोलनका दौरान मानवताविरुद्धको अपराध गरेको भन्दै ढाकाका तत्कालीन प्रहरी कमिस्नर हबिबु रहमान, सह–कमिस्नर सुदिप कुमार चक्राव्रत र उप–कमिस्नर शाह आलम मोहम्मदलाई सजाय सुनाइएको हो । यस घटनामा अन्य ५ जना प्रहरीलाई जेल चलान गरिएको ...
— महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार मुम्बईबाट एक निजी विमानबाट पवार बारामती जाँदै थिए । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो । विमानमा अजीतका साथै उनका पर्सनल ...
: बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया जनाएको छ। मन्त्रालयले भारतले उनलाई यस्तो बयान दिन अनुमति दिइएकोमा 'आश्चर्य र निराश' व्यक्त गरेको छ। मन्त्रालयले उनको यस्तो अभिव्यक्ति बंगलादेशको 'लोकतन्त्र र सुरक्षाका लागि खतरा' भएको निष्कर्ष निकालेको छ। अवामी लिग शेख हसिनाको पार्टी हो जसलाई बंगलादेशमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम