मुख्य समाचार
इजरायलद्वारा गाजामा हवाई आक्रमण, ४१३ को मृत्यु
इजरायलद्वारा गाजामा हवाई आक्रमण, ४१३ को मृत्यु

: इजरायली हवाई आक्रमणबाट गाजा पट्टीका विभिन्न स्थानमा मारिने प्यालेस्टाइनीको संख्या ४१३ पुगेको छ। गाजास्थित स्वास्थ्य अधिकारीका अनुसार आक्रमणमा कम्तीमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन्। धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।


‘यस समयमा, आईडीएफ (इजरायल रक्षा बल) र शिन बेटले गाजा पट्टीभरि विद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,’ सेना र शिन बेटले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख, ‘विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन्।’

हमासले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको इजरायलले जनाएको छ।



हमासले भने जनवरी १९ मा लागू भएको युद्धविरामको इजरायलले उल्लंघन गरेको आरोप लगाएको छ। इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान पनि गरेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका महानिर्देशक मुनिर अल–बार्शले आक्रमणबाट ६ सय ६० भन्दा बढी घाइते भएको जनाएका छन्। उनका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको चिकित्सकहरूको भनाइ छ।

इजरायल रक्षा बल (आईडीएफ)ले विज्ञप्ति जारी गर्दै हमाससँग सम्बन्धित ‘आतंककारीलाई लक्षित गर्दै’ आक्रमण पुनः सुरु गरेको जनाएको छ। आईडीएफले स्थानीय समयानुसार मंगलबार बिहान २ बजे आक्रमण सुरु गरेको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मध्य गाजाको देर अल–बलाह, गाजा सिटी, खान युनिस, रफाह लगायतका स्थानमा हवाई आक्रमण गरिएको हो। यो गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि सबैभन्दा ठूलो हवाई आक्रमण हो।हमासले इजरायलले निहत्था नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाएको छ। युद्धविराम उल्लंघन गरेकोमा मध्यस्थकर्ताहरूले इजरायललाई पूर्ण रूपमा जिम्मेवार ठहराउनुपर्ने हमासको भनाइ छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अबदेखि हमासविरुद्ध आईडीएफले बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने चेतावनी दिएको छ। यसअघि इजरायली प्रधानमन्त्रीको कार्यालयको एक विज्ञप्तिमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल कात्जले मंगलबार बिहान हवाई आक्रमणका लागि आदेश दिएको’ उल्लेख छ।आक्रमणको योजना ‘आईडीएफले सप्ताहन्तमा प्रस्तुत गरेको र राजनीतिक नेतृत्वले स्वीकृत गरेको’ भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...