मुख्य समाचार
सुनिता र बुचलाई लिएर पृथ्वीतिर आउँदै 'ड्रयागन क्याप्सुल'
सुनिता र बुचलाई लिएर पृथ्वीतिर आउँदै 'ड्रयागन क्याप्सुल'

स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अनडक (अलग्गिएको)भएको छ। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रापछि पृथ्वीमा फर्कनेछन्।


उनीहरुसँगै नासाका अन्तरिक्ष यात्री निक हग र रूसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्ज्याण्डर गोर्बुनोभ पनि फर्कनेछन्।

यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो। सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए।



त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने योजना थियो तर अन्तरिक्षयानमा समस्या उत्पन्न भएपछि उनीहरु फर्कन सकेनन्। नासाका अनुसार अवतरणको स्थान मौसमको अवस्थाको आधारमा निर्धारण गरिनेछ।

मार्च १९, २०२५ सम्म गणना गर्दा उनीहरूले अन्तरिक्षमा कुल २८६ दिन बिताइसकेका हुनेछन्। योसँगै सुनिता एकै यात्रामा आइएसएसमा सबैभन्दा धेरै दिन बिताउने तेस्रो महिला वैज्ञानिक बन्नेछिन्।

क्रिस्टिना कोचले ३२८ दिन त्यहाँ रहेर सूचीको शीर्ष स्थानमा छिन्। पिग्गी ह्विटसन २८९ दिन बसेर दोस्रो स्थानमा छिन्।

अन्तरिक्ष यात्री फ्रान्क रुबियोले एक पटकमा ISS मा सबैभन्दा धेरै दिन ३७१ दिन बिताएका छन्। समग्रमा सबैभन्दा धेरै दिन बिताउने रेकर्ड पिग्गी ह्विटसनको नाममा छ। उनले ISS मा ६७५ दिन बिताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...