मुख्य समाचार
कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनले पराजित
कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनले पराजित गरेको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेको कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रन बनाउँदै अलआउट भएको हो।


कोशीका लागि शीर्ष क्रममा ३ ब्याटरबाहेक अरू कसैले पनि दोहोरो अंकमा रन बनाएनन्। कोशीका लागि ओपनर चिराग शाहले सर्वाधिक २५ रन बनाए। उनले ५२ बल खेल्दै ४ चौका प्रहार गरेका हुन्। अर्का ओपनर सकिब हकले १३ र कप्तान अंकित सुवेदीले १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीका लागि दिपेन्द्र रावत र सुनिल धमलाले समान ३–३ विकेट लिए। कप्तान दिवान पुनले २ र अनुज चनाराले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रन बनाएको थियो।



कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ८८ रनको अविजित पारी खेले। उनले ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका हुन्। ओपनरद्वय सुनिल धमलाले र विपिन रावलले क्रमशः १३ र १० रन बनाए। निश्चल रावलले २० रन, हिमान्शु शाहीले ४६ रन बनाउँदै क्याच भए। प्रकाश जैशीले १८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोशीका लागि विपिन महतोले सर्वाधिक ३ विकेट लिए। दिपेश कँडेल र प्रकाश कार्कीले २–२ विकेट लिँदा श्रवण किस्कु र सुजन थपलियाले १–१ विकेट लिए। यो जितसँगै कर्णालीले अंक तालिकामा छलाङ मारेको छ। ५ खेलमा २ जित र ३ हार बेहोरेको कर्णाली ४ अंकसहित पाँचौं स्थानमा उक्लियो। कोशी भने ६ खेलमा १ मात्र जितसहित तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...