मुख्य समाचार
फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिल विरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टिम घोषणा तर मेसी भने समावेश छैन
फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिल विरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टिम घोषणा तर मेसी भने समावेश छैन

। फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिल विरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टिम घोषणा भएको छ । तर टिममा स्टार खेलाडी लिओनल मेसी भने समावेश छैनन् ।

उनको मसल स्ट्रेनका कारण टिममा राखिएको छैन । अमेरिकी मेजर सकर लिग (एमएलएस) अन्तर्गत एटलान्टा विरुद्ध खेलमा मेसीको मसल्समा समस्या देखिएको स्थानिय मिडियाले लेखेका छन् ।




त्यसैल गर्दा ३७ वर्षीय मेसी सोमबार घोषित अर्जेन्टिनी टिममा अटाएनन् । मेसी रिभकरीका लागि अमेरिकामै रहनेछन् ।

विश्वकपको दक्षिण अमेरिकी (कनमेबोल) छनोटमा अर्जेन्टिना १२ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा छ । अर्जेन्टिनाले छनोटको दोस्रो स्थानको रहेको उरुग्वे विरुद्ध सोमबार खेल्नेछ ।




त्यसपछि अर्जेन्टिनाले मार्च २५ मा घरेलु मैदानमा ब्राजिलसँग खेल्नेछ । ब्राजिलको टिममा पनि स्टार खेलाडी नेमार छैनन् ।

झण्डै एक वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्ने तयारीमा रहेका नेमार मसल इन्जुरीकै कारण टिमबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...