मुख्य समाचार
नेपालले मलेसिया र सिंगापुरसँग खेल्ने टिमको अन्तिम टोली घोषणा
नेपालले मलेसिया र सिंगापुरसँग खेल्ने टिमको अन्तिम टोली घोषणा

: युवा फर्वाड सुवास बम ठकुरीलाई समेट्दै नेपालले मलेसिया र सिंगापुरसँग खेल्ने टिमको अन्तिम टोली घोषणा गरेको छ। प्रशिक्षक म्याट रोसले पहिलो पटक आफ्नो प्रशिक्षण अन्तर्गत २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।


प्रारम्भिक चरणमा २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर खेलाडी छनोट गरिएको हो। गोलकिपर एन्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फर्वाडमा सुवास बम ठकुरी रहेका छन्। सुवासले पहिलो पटक राष्ट्रिय टिममा प्रशिक्षणबाट अन्तिम टोलीमा स्थान बनाएका हुन्।

यसअघि अफगानिस्तान र ताजकिस्तानसँगको खेलमा टिम बाहिर रहेका अनन्त तामाङ र लकेन लिम्बुले पुन टिममा पुनरागमन गरेका छन्। कृतिस रत्न छुन्जु र रेजिन सुब्बा पनि टिममा फर्किएका छन्।
रोसले तीन नयाँ अनुहारलाई अन्तिम टोलीमा समावेश गरेका हुन्। जसमा नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। नेपालले मार्च २१ मा सिंगापुरसँग र मार्च २५ मा मलेसियासँग खेल्नेछ। पूर्व निर्धारित तालिकामा नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो। मैदान र सुरक्षाका कारण देखाउँदै खेल स्थान मलेसिया सारिएको हो।

नेपालको अन्तिम टोलीः
गोलरक्षकः किरण चेम्जोङ, दिप कार्की, एन्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रन्दिप पौडेल, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ र अभिषेक लिम्बु
मिडफिल्डरः रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणि कुमार लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु र आयुष घलान
फर्वाडः जिलेस्पी जंग कार्की, अञ्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...