मुख्य समाचार
नेपालले मलेसिया र सिंगापुरसँग खेल्ने टिमको अन्तिम टोली घोषणा
नेपालले मलेसिया र सिंगापुरसँग खेल्ने टिमको अन्तिम टोली घोषणा

: युवा फर्वाड सुवास बम ठकुरीलाई समेट्दै नेपालले मलेसिया र सिंगापुरसँग खेल्ने टिमको अन्तिम टोली घोषणा गरेको छ। प्रशिक्षक म्याट रोसले पहिलो पटक आफ्नो प्रशिक्षण अन्तर्गत २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।


प्रारम्भिक चरणमा २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर खेलाडी छनोट गरिएको हो। गोलकिपर एन्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फर्वाडमा सुवास बम ठकुरी रहेका छन्। सुवासले पहिलो पटक राष्ट्रिय टिममा प्रशिक्षणबाट अन्तिम टोलीमा स्थान बनाएका हुन्।

यसअघि अफगानिस्तान र ताजकिस्तानसँगको खेलमा टिम बाहिर रहेका अनन्त तामाङ र लकेन लिम्बुले पुन टिममा पुनरागमन गरेका छन्। कृतिस रत्न छुन्जु र रेजिन सुब्बा पनि टिममा फर्किएका छन्।
रोसले तीन नयाँ अनुहारलाई अन्तिम टोलीमा समावेश गरेका हुन्। जसमा नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। नेपालले मार्च २१ मा सिंगापुरसँग र मार्च २५ मा मलेसियासँग खेल्नेछ। पूर्व निर्धारित तालिकामा नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो। मैदान र सुरक्षाका कारण देखाउँदै खेल स्थान मलेसिया सारिएको हो।

नेपालको अन्तिम टोलीः
गोलरक्षकः किरण चेम्जोङ, दिप कार्की, एन्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रन्दिप पौडेल, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ र अभिषेक लिम्बु
मिडफिल्डरः रोहित चन्द, लकेन लिम्बु, रोहन कार्की, मणि कुमार लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु र आयुष घलान
फर्वाडः जिलेस्पी जंग कार्की, अञ्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...