मुख्य समाचार
एनओसी अवैध रहेको मन्त्रालयको दाबी
एनओसी अवैध रहेको मन्त्रालयको दाबी

— नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई ‘तथाकथित’ को संज्ञा दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार यो संस्था अवैध रहेको र उसका काम सबै गैरकानुनी हुने बताएका छन् ।


मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै एनओसीबिना पनि अन्तर्राष्ट्रिय सहभागिता हुन सक्ने दाबी गरे र भने, ‘समस्या समाधान गर्न छलफलका लागि मलाई कसैले सम्पर्क गरेको छैन ।’


एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारको आलोचना गरेपछि मन्त्री चौधरीले त्यसको जवाफ दिन खोजेका हुन् । उनले एनओसीले लगाएका सबै आरोप निराधार रहेको भन्दै त्यसको खण्डन गरे । उनले एनओसीका पदाधिकारीलाई विदेश जानबाट रोक्ने क्रम जारी रहने पनि बताए । उनले खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागितामा भने कुनै अवरोध नहुने पनि बताए ।

पछिल्लो पटक एनओसी महासचिव राजीव श्रेष्ठलाई अध्यागमन विभागबाट विदेश जान रोक लगाएपछि उनी उच्च अदालत गएका थिए । तर उच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको थियो । मन्त्री चौधरीले एनओसी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको संस्था भएको र यसले गैरकानुनी काम गर्दै आएको हुनाले उसका गतिविधि र निर्णयको कुनै महत्त्व नहुने पनि बताए ।

उनले एनओसी अध्यक्ष श्रेष्ठ तेस्रोपल्ट अध्यक्ष चुनिनु नेपालको कानुनविपरीत रहेको पनि दाबी गरे । उनले भने, ‘उनलाई नै किन सधैं अध्यक्ष बन्नुपर्ने ? एनओसीको पछिल्लो निर्वाचन २०७६ को भदौमा भएको थियो । त्यस कार्यकाल सकिएपछि चुनाव गर्नुपर्ने थियो । तर त्यही कार्यकाल लम्ब्याएर २०८१ पुसमा निर्वाचन गराउने एनओसीकै विधानविपरीत हो ।’

Sunrise bank
Nepal Life Insurance

सरकारी आदेशकै कारण आइतबार सातदोबाटोस्थित एनओसी कार्यालय प्रहरी नियन्त्रणमा रहेको थियो । मन्त्री चौधरीले एनओसीले गर्ने भनेको विशेष साधारणसभा पनि अवैध हुने भन्दै त्यसमा सहभागी नहुन पनि खेल संघहरूलाई चेतावनी दिए । पत्रकार सम्मेलनका अवसरमा मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद तोकिएको समयमै हुने दाबी पनि दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...