मुख्य समाचार
राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बीको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३ विकेटले पराजित
राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बीको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३ विकेटले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बीको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३ विकेटले पराजित गरेको छ।


भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले दिएको १४२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ७ विकेट गुमाउँदै ४२.५ ओभरमा १४५ रन बनाउँदै जित हासिल गरेको हो।

त्रिभुवन आर्मीका लागि आठौं विकेटका लागि सोमपाल कामी र कुशल मल्लले ५८ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन्। आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३१ रनको अविजित पारी खेले।



उनले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका हुन्। ओपनरद्वय तीर्थ राज दास र सन्तोष कार्की समान ३ रनमा पेभेलियन फर्किए। तेस्रो क्रमका इम्रान शेखले ११ रन बनाए।

वसिर अहमद १३ रन बनाउँदै क्याच हुँदा विवेक यादवले २६ रन बनाए। ८७ मा ७ विकेट गुमाएको आर्मीका लागि सोमपाल र कुशलको साझेदारी निकै महत्वपूर्ण रह्यो। सोमपाल कामी २२ रनमा अविजित रहे। उनले ५१ बलमा १ चौका प्रहार गरे। उनले ४२.५ ओभरमा टिमको जितका लागि १ रन चाहिएको अवस्थामा चौका प्रहार गर्दै जित दिलाएका हुन्।

एपीएफका लागि कमल सिंह ऐरी, अमर सिंह रौतेला र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। किशोर महतोले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको एपीएफ ४२.३ ओभरमा अलआउट हुँदै १४१ रन बनाएको थियो।

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन बनाए। उनले ९१ बलमा ९ चौका प्रहार गरेका हुन्। शीर्ष क्रममा ४ ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा एपीएफको ब्याटिङ धरापमा परेको थियो। अमर सिंह रौतेला र भुवन कार्कीले समान ११–११ रन बनाए। किशोर महतो ११ रनमा वसिर अहमदबाट बोल्ड हुँदा अन्तिम ब्याटर अभिषेक गौतम शून्यमा अविजित रहे।

आर्मीका लागि आकाश चन्दले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। सोमपाल कामीले ३ विकेट लिँदा साहब आलमले २ र वसिर अहमदले १ विकेट लिए।

एपीएफको यो दोस्रो हार हो। ५ खेलमा एपीएफले ३ जित र २ हार रहेको छ। नेपाल पुलिससँग हार बेहोरेको एपीएफले आज अर्को विभागीय डर्बीमा पनि पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...