मुख्य समाचार
अमेरिकी आक्रमणमा यमनमा ५ बालबालिकासहित ५३ मारिए
अमेरिकी आक्रमणमा यमनमा ५ बालबालिकासहित ५३ मारिए

— अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।


अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल-अस्बाहीले सामाजिक सञ्जाल एक्समा ‘पाँच बालबालिका र दुई महिलासहित ५३ जनाको ज्यान गएको’ बताएका छन् । उनका अनुसार ९८ जना घाइते भएका छन् ।


अमेरिकाले आक्रमणमा केही प्रमुख हुथी नेताहरू मारिएको दाबी गरेको छ । तर यसबारे हुथी समूहले कुनै पुस्टि गरेको छैन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबीसी न्युजसँग अमेरिकी आक्रमणमा ‘धेरै हुथी नेतालाई लक्षित गरिएको’ जनाएका छन् । ‘हामीले उनीहरूलाई अत्यधिक बल प्रयोग गरेर प्रहार गर्‍यौं र इरानलाई अब अति भयो भनेर कडा चेतावनी दियौं,’ उनले भने । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हुथी आक्रमणहरू बन्द नभएसम्म अमेरिकाले कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।

लाल सागरमा पानीजहाजमाथि आक्रमण गरेका कारण हुथीविरुद्ध कारबाही सुरु गर्नुपरेको ट्रम्पको भनाइ छ । ‘हुथीले इरानको आर्थिक सहयोगमा अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन् । हाम्रा सेना र सहयोगीलाई लक्षित गरेका छन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन् । हुथीको ‘डकैती, हिंसा र आतंकवादका कारण अर्बौं डलर खर्च भएको र धेरैको जीवन जोखिममा पारेको’ ट्रम्पको भनाइ छ ।

गाजामा इजरायल र हमासबीचको युद्धको प्रतिक्रियामा लाल सागरबाट हुने ढुवानीलाई लक्षित गर्न थालेको हुथी समूहले अमेरिकी आक्रमणको जवाफ दिने बताएको छ । हुथी विद्रोहीहरूको गढ रहेको साना र उत्तरी प्रान्त सादामा शनिबार साँझ श्रृंखलाबद्ध विस्फोटहरू भएको हुथीहरूले जनाएका छन् । उनीहरूको गढ रहेको सादा साउदी अरबको सिमाक्षेत्रमा पर्छ ।

इजरायललाई आफ्नो शत्रु मान्ने इरान समर्थित विद्रोही हुथीले साना र यमनको उत्तर-पश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ । तर यो यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार भने होइन । हुथी समूहले जारी गरेको विज्ञप्तीमा यमनको राजधानी सानामा आवासीय क्षेत्रलाई लक्ष्य गर्दै दुष्ट आक्रमण भएको र त्यसका लागि अमेरिका र बेलायतलाई दोष लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...