मुख्य समाचार
राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित
राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको छ।प्रतियोगितामा पुलिसको यो पाँचौं जित हो। हालसम्म अपराजित रहेको पुलिसका लागि बायाँ हाते स्पिनर ललित राजवंशीको स्पिन अट्याक नायक बन्यो। उनले ७ ओभरमा १६ रन खर्चिएरमा ६ विकेट लिए।


सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश २८.३ ओभरमा ९९ रनमा अलआउट भएको हो।

सुदूरका लागि शेर मल्लले सर्वाधिक ३२ रन बनाए। उनले ३७ बलमा ६ चौका प्रहार गरे। ओपनर ब्याटर टेक रावतले १२ रन बनाए। मिलन बोहोराले ४३ बलमा २ चौका सहित २३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलिसका लागि सागर ढकालले २ र करण केसीले १ विकेट लिए।



त्यसअघि ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रन बनाउँदै अलआउट भएको थियो। पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४२ रन बनाए। उनले ४७ बलमा ५ चौका प्रहार गर्दै क्याच आउट भएका हुन्।

ओपनर अर्जुन साउद २ रन र अर्का ओपनर कुशल भुर्तेल डक आउट हुँदा अमित श्रेष्ठले १८ रन बनाए। आरिफ शेखले ४० रनको पारी खेल्दै प्रधानमन्त्री कपमा १ हजार रन पूरा गर्ने खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गराएका छन्। उनी प्रधानमन्त्री कप क्रिकेटमा १ हजार रन पूरा गर्ने छैटौं खेलाडी हुन्।

दिलिप नाथले १९ रन सागर ढकालले २२ रन बनाए। अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन। सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले सर्वाधिक ४ विकेट लिए।

भोजराज भट्टले ३ विकेट लिँदा शेर मल्लले २ र हेमन्त धामीले १ विकेट लिए। सुदूरपश्चिम प्रदेश भने ५ खेलमा १ जित र ४ हारसहित अंक तालिकाको पुछारमा रहेको छ।

facebook sharing buttonmessenger sharing buttontwitter sharing button

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...