मुख्य समाचार
राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित
राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको छ।प्रतियोगितामा पुलिसको यो पाँचौं जित हो। हालसम्म अपराजित रहेको पुलिसका लागि बायाँ हाते स्पिनर ललित राजवंशीको स्पिन अट्याक नायक बन्यो। उनले ७ ओभरमा १६ रन खर्चिएरमा ६ विकेट लिए।


सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश २८.३ ओभरमा ९९ रनमा अलआउट भएको हो।

सुदूरका लागि शेर मल्लले सर्वाधिक ३२ रन बनाए। उनले ३७ बलमा ६ चौका प्रहार गरे। ओपनर ब्याटर टेक रावतले १२ रन बनाए। मिलन बोहोराले ४३ बलमा २ चौका सहित २३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलिसका लागि सागर ढकालले २ र करण केसीले १ विकेट लिए।



त्यसअघि ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रन बनाउँदै अलआउट भएको थियो। पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४२ रन बनाए। उनले ४७ बलमा ५ चौका प्रहार गर्दै क्याच आउट भएका हुन्।

ओपनर अर्जुन साउद २ रन र अर्का ओपनर कुशल भुर्तेल डक आउट हुँदा अमित श्रेष्ठले १८ रन बनाए। आरिफ शेखले ४० रनको पारी खेल्दै प्रधानमन्त्री कपमा १ हजार रन पूरा गर्ने खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गराएका छन्। उनी प्रधानमन्त्री कप क्रिकेटमा १ हजार रन पूरा गर्ने छैटौं खेलाडी हुन्।

दिलिप नाथले १९ रन सागर ढकालले २२ रन बनाए। अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन। सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले सर्वाधिक ४ विकेट लिए।

भोजराज भट्टले ३ विकेट लिँदा शेर मल्लले २ र हेमन्त धामीले १ विकेट लिए। सुदूरपश्चिम प्रदेश भने ५ खेलमा १ जित र ४ हारसहित अंक तालिकाको पुछारमा रहेको छ।

facebook sharing buttonmessenger sharing buttontwitter sharing button

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...