मुख्य समाचार
मिसन–२०२६ खेलकुद अभियान हो’ : सदस्य सचिव घिसिङ
मिसन–२०२६ खेलकुद अभियान हो’ : सदस्य सचिव घिसिङ

। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे ।

राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सञ्चालन गरेको विशेष प्रशिक्षणको समिक्षा कार्यक्रममा समस्या समाधानका लागि सामुहिक प्रयास आवश्यक हुने बताए । उनले प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन दिएका छन् ।




कार्यक्रमा विशेष प्रशिक्षणका प्रशिक्षकहरुले खेलाडीमा खेल क्षमता वृद्धि हुँदै गएको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले समिक्षा बैठकले आगामी दिनमा प्रशिणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने उल्लेख गरे ।

सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक ल्याउने उद्देश्यसहित विशेष प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।


हाल विशेष प्रशिक्षणमा ११ खेलका ९९ जना खेलाडी विशेष प्रशिक्षणमा छन् । ४६ जना महिला र ५३ जना पुरुष खेलाडीहरुलाई २२ जना प्रशिक्षकहरुले प्रशिक्षण दिईरहेको निर्देशक दिपक विष्टले जानकारी दिएका छन् ।

विशेष प्रशिक्षणमा कराते बक्सिङ, उसृु, जुडो, कवड्डी, महिला भलिबल, गल्फ, कुश्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरु विशेष प्रशिक्षणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...