मुख्य समाचार
युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित
युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित

। युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित भएको छ । आइतबारका लागि तय भएको तेस्रो स्थानको खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंकतालिकाका आधारमा चौथोमै सीमित भएको हो ।

समूह चरणका ६ खेलमध्ये २ खेल मात्र जितेको नेपालको ४ अंक थियो । तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो । यी दुई टोलीबीच तेस्रो स्थानका लागि छुट्टै अर्को खेल हुने तालिका थियो तर वर्षाका कारण खेल रद्द भएको हो ।




नेपालले डबल राउण्ड रोबिनका आधारमा खेलिएको समूह चरणमा युगाण्डा र हङकङलाई एक-एकपटक हराएको थियो भने त्यही टोलीसँग पराजित हुँदा नामिबयासँग २ पटक नै पराजित भएको थियो ।

यस वुमन्स डे कपको उपाधिका लागि घरेलु टोली युगाण्डा र नामिबियाबीच अहिले खेल भइरहेको छ । समूह चरणमा युगाण्डाले ६ खेलमा ८ अंक जोड्दा नामिबियाले ६ खेलमा ६ अंक जोड्दै दोस्रो भयो ।




नेपाली टोली यसअघि घरेलु मैदानमै भएको थाइल्याण्ड र नेदरल्याण्ड्ससँगको त्रिदेशीय शृंखलामा जितविहीन बनेको थियो । अब अप्रिलमा नेपाली टोली भुटानमा गएर खेल्ने तय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...