मुख्य समाचार
अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण सुरु
अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण सुरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण सुरु गरेको बताएका छन्। ट्रम्पले यसको कारण लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमण भएको बताएका छन्।


ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, 'इरानद्वारा समर्थित हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।'

उनले हुथी विद्रोहीहरूको डकैती, हिंसा र आतंकले अर्बौं डलरको क्षति पुर्‍याएको र मानिसहरूको जीवनलाई जोखिममा पारेको बताए।

हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र नौ जना घाइते भएको जनाएको छ।

गाजामा इजरायल-हमास युद्धको प्रतिक्रियास्वरूप हुथी विद्रोहीहरूले जहाजहरूलाई निशाना बनाउन थालेका थिए। हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ आफ्नो सैन्य बलले दिने बताएका छन्।

हुथी विद्रोहीहरूले शनिबार साँझ साना र उत्तरी प्रान्त सादामा श्रृंखलाबद्ध विस्फोट भइरहेको जनाएका बीबीसी समाचारमा उल्लेख छ।

यो साउदी अरेबियासँगको सीमामा रहेको हुथी विद्रोहीहरूको बलियो गढ हो।

इरान समर्थित यो विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मान्दछ। यसले साना र यमनको उत्तरपश्चिमी भाग नियन्त्रण गर्छ, तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइन।

विमानस्थल तथा सैन्य अड्डा आसपास धुँवाको मुस्लो देखिएको छ।

हुथी विद्रोहीहरूले यमनको राजधानी सानाको आवासीय क्षेत्रहरूलाई लक्षित गरी गरिएको आक्रमणको लागि अमेरिका र बेलायतलाई दोष दिएका छन्।

शनिबार हुथी विद्रोही विरुद्धको अमेरिकी आक्रमणमा बेलायतले भाग नलिएको निश्चित भए पनि यसले अमेरिकालाई नियमित रूपमा इन्धन भर्ने सहयोग भने प्रदान गरेको थियो।

नोभेम्बर २०२३ देखि हुथी विद्रोहीहरूले लाल सागर र एडेनको खाडीमा दर्जनौं व्यापारिक जहाजहरूलाई लक्षित गरी मिसाइल, ड्रोन आक्रमण गरका थिए।

उनीहरूले दुईवटा जहाज डुबाए, एउटा कब्जा गरे र चार जना चालक दलका सदस्यहरूलाई मारेका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...