मुख्य समाचार
राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित
राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।


सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ४७ ओभरमा १८९ रनमा अलआउट भएको थियो।

कर्णालीले दिएको १९० रनको लक्ष्य पछ्याएको एपीएफका लागि दीपक बोहोरा र सुमित महर्जनले शतकीय साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन्। एपीएफले १९० को लक्ष्य ३९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।



एपीएफका लागि दिपक बोहोराले सर्वाधिक ७० रनको अविजित पारी खेले। उनले ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। उनीसँगै छैटौं विकेटका १०४ रनको शतकीय साझेदारी गरेका सुमितको ब्याटबाट ३४ रन बन्यो। उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित रहँदै विजयी इनिङ्स खेले।

एपीएफका ओपनरद्वय लोकेश बम र आशिफ शेखले क्रमशः २२ र २५ रन बनाए। कप्तान रोहित पौडेलले २२ रन बनाए। सन्दीप जोरा र भुवन कार्कीले समान ६–६ रन बनाए। कर्णालीका लागि कप्तान दिवान पुन र दिपेन्द्र रावतले समान २–२ विकेट लिए। प्रकाश जैशीले १ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको कर्णालीका लागि ओपनर ब्याटर सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए। उनले ७५ बलमा ५ चौका र १ छक्का प्रहार गरेका हुन्। प्रकाश जैशीले २०, अर्जुन घर्तीले १०, दिनेश अधिकारीले ३३ रन बनाउँदा कप्तान दिवान पुनले १२ रन बनाए। दिपेन्द्र रावत ३० रनमा अविजित रहे।

एपीएफका लागि बायाँ हाते स्पिनर अभिषेश गौतमले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित ३३ रन खर्चिए। कमल सिंह ऐरीले ३ विकेट लिँदा किशोर महतो, रोहित पौडेल, भुवन कार्की र दीपक बोहोराले सर्वाधिक १–१ विकेट लिए। एपीएफले कुल ४ खेलमा ३ जित र १ हारसहित ८ अंक जोडेको छ। कर्णालीले भने समान ४ खेलमा १ जित र ३ हार बेहोद २ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...