मुख्य समाचार
बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च
बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च

। नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् ।

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विकास अधिकारी, ई. युवराज दाहाल, ई. करुणा गौतम र ई. रशिका पण्डितले गरेको यो अध्ययनको रिपोर्ट प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल स्प्रिन्गर नेचरमा प्रकाशित छ ।


अध्ययनका लागि नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना संकलन गरिएको थियो। यी नमूनाहरू नेपालका सातै प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको थियो। विशेष गरी हिमाल, पहाड र तराईका जिल्ला समेटिने गरी रसुवा, काठमाडौं, चितवन, कास्की, दाङ, सुर्खेत, झापा, पर्सा, कैलाली लगायतका जिल्लाहरूबाट नमूना संकलन गरिएको थियो।

ती नमूनाका १२० लिटर पानीलाई स्टेरियोमाइक्रोस्कोप प्रयोग गरी दृश्यात्मक रूपमा परीक्षण गरिएको थियो र साथै μ-FTIR (Micro-Fourier Transform Infrared Spectroscopy) विधिबाट पोलिमेरिक विश्लेषण गरिएको थियो । पोलिमेरिक विश्लेषण भनेको प्लास्टिक तथा अन्य बहुलक पदार्थहरूको वैज्ञानिक अध्ययन गर्ने विधि हो। माइक्रोप्लास्टिकजस्ता साना कणहरूको पहिचान गर्न यो उपयोगी मानिन्छ ।




‘अध्ययनमा एक लिटर पानीको बोतलमा औसत २३२ ± २८ र जारको पानीमा औसत २८६ ± ४२ माइक्रोप्लास्टिक्स फेला परेका छन्। सबै नमूनामा माइक्रोप्लास्टिक्सको उपस्थिति देखिएको छ,’ डा. अधिकारीले भने ।

उनका अनुसार नेपालका भौगोलिक क्षेत्रअनुसार माइक्रोप्लास्टिक्सको मात्रा प्रतिलिटर फरक-फरक पाइएको छ । तराई क्षेत्रको नमूनामा सबैभन्दा उच्च औसत २६१ ± २८ देखिएको छ । हिमाली क्षेत्रमा औसत २०९ ± २० र पहाडी क्षेत्रमा औसत १९६ ± २९ पाइएको अधिकारीले बताए ।

उनका अनसार तराई क्षेत्रमा उच्च प्रदूषणको कारण उच्च तापक्रम र प्लास्टिकका बोतलहरूमा देखिने भौतिक तथा रासायनिक प्रभाव हुनसक्छ।

नयाँ जारको पानीमा औसत ३२१ ± ५३ प्रतिलिटर माइक्रोप्लास्टिक्स पाइएको छ भने पुनः प्रयोग गरिएका जारमा औसत २५१ ± २७ प्रतिलिटर भेटिएको उनले बताए ।



माइक्रोप्लास्टिकका कणहरू ६.७ माइक्रोनदेखि ५००० माइक्रोनसम्मका विभिन्न आकारका थिए। अध्ययनले गर्मी वातावरणमा पाइने पानीमा माइक्रोप्लास्टिकको सघनता अझै बढी हुने सम्भावना छ।

माइक्रोप्लास्टिकको स्रोत विभिन्न हुन सक्छन्। बोतल तथा जारको निर्माण प्रक्रियामा प्रयोग गरिने प्लास्टिक सामग्रीहरू, पानी प्रशोधन प्रणाली, बोतल आफैं तथा ढकनी तथा पानीको स्रोत नै माइक्रोप्लास्टिकको स्रोत हुन सक्छ।

बोतल खोल्दा तथा बन्द गर्दा, ढकनी र बोतलको घर्षणका कारण पनि माइक्रोप्लास्टिक उत्पन्न हुने सम्भावना रहन्छ। साथै, वितरण प्रणालीका पाइपलाइन तथा भण्डारण प्रणालीबाट समेत माइक्रोप्लास्टिक पानीमा मिसिन सक्छन्।

नेपालमा बिक्ने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको व्यापकता गम्भीर चिन्ताको विषय बनेको छ। यसले हाम्रो शरीरमा तत्काल नकारात्मक असर नदेखिए पनि दीर्घकालीन असर पर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।

यस समस्या समाधान गर्न गुणस्तर मापनको लागि अनिवार्य परीक्षण गर्न, उत्पादन प्रक्रिया सुधार गर्न, उपभोक्ताहरूलाई माइक्रोप्लास्टिक्सको प्रभावबारे जानकारी गराउन र कानुनी तथा नीतिगत सुधार गर्न आवश्यक रहेको डा. अधिकारी बताउँछन् ।

‘यदि गुणस्तरमा सुधार नगरेमा दीर्घकालीन रुपमा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ,’ डा. अधिकारीले भने, ‘नेपालमा बोतल तथा जारको पानी उपभोग गर्ने उपभोक्ताहरूले पनि यस विषयमा सतर्कता अपनाउन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...