मुख्य समाचार
अनौठो रेष्टुरेन्ट, जहाँ रोबोटले खाना पकाउँछ, अर्डर गरेको ४८ सेकेन्डमा खाना
अनौठो रेष्टुरेन्ट, जहाँ रोबोटले खाना पकाउँछ, अर्डर गरेको ४८ सेकेन्डमा खाना

एउटा यस्तो रेष्टुरेन्ट, जहाँ तपाईंले आफूले खान चाहेको खानेकुरा अर्डर गर्नका लागि केवल एउटा बटन थिच्नु पर्दछ अनि केवल १.४ अमेरिकी डलर अर्थात् करिब २०० रुपैयाँमा तपाईंलाई रोबोटले तुरुन्तै उक्त खानेकुरा ल्याएर टक्राइदिन्छ । त्यो रेष्टुरेन्टमा वेटरलाई टिप पनि दिनु पर्दैन ।

चीनको दक्षिणपूर्वी सहर सेन्जेनमा रहेको एउटा चाउचाउ रेष्टुरेन्ट पूर्णरुपमा स्वचालित छ । त्यहाँ हरेक कामका लागि रोबोटिक्सको प्रयोग हुन्छ । यस रेष्टुरेन्टमा १० वटा अलग अलग खालका खानेकुरा पाइन्छन् । ती सबै खानेकुरा रोबोटले नै तयार पारेका हुन् ।




उक्त अटोम्याटिक रेष्टुरेन्टमा बटन थिचेको ४८ सेकेन्डभित्रै रोबोटले ग्राहकलाई एक कचौरा चाउचाउ ल्याएर दिन्छ । त्यसको मूल्य ९.९ युआन अर्थात् करिब २०० रुपैयाँ पर्दछ । उक्त अटोम्याटिक रेष्टुरेन्टमा नूडल्सका परिकार खानका लागि मानिसहरुको भीड लाग्ने गरेको छ ।

त्यहाँ मीट सूप नूडल्स तथा स्टिर फ्राइड नूडल्सका अलावा म्यारिनेटिड अण्डा तथा ग्रिल्ड ससेज जस्ता परिकार पनि त्यहाँको मेन्यूमा रहेका छन् । त्यसको मूल्य ६ देखि २० युआनसम्म रहेको छ । ग्राहकले सेल्फ सर्भिस कियोस्क मेसिनको माध्यमबाट आफ्नो अर्डर दिन्छन् र भुक्तानी गर्दछन् । साथै एउटा पारदर्शी झ्यालको माध्यमबाट रोबोटले खाना पकाएको दृश्य पनि छर्लंगै देख्न पाउँछन् ।




जहाँ रोबोटले पिठो मुछ्दछ

उक्त रेष्टुरेन्टमा रोबोटले पिठोमा पानी मिसाउँछ र मुछ्ने काम गर्दछ । अनि त्यसलाई गोलो आकारमा थिच्छ र नूडल्सको रुपमा काट्दछ । यो सबै काम ८ सेकेन्डभित्र हुन्छ । त्यसपछि मासु र नूडल्सलाई एउटा कचौरामा हालिन्छ र तातो पानी राखिन्छ । अनि नूडल्स ४० सेकेन्डमा पाक्दछ ।

अन्त्यमा एउटा रोबोटिक हातले नूडल्सको बाफले भरिएको कचौरा ल्याएर ग्राहकलाई पस्किन्छ । त्यसको माथि हरियो प्याज हालिन्छ । एकजना ग्राहकले त्यसरी रोबोटद्धारा पकाइएको पस्किएको नूडल्स पूर्णरुपमा पाकेको र मासु पनि ताजा तथा नरम रहेको बताए ।

सो रेष्टुरेन्टका एकजना प्रतिनिधिका अनुसार नूडल्स बनाने मेसिनको निर्माण गर्न १० वर्ष लागेको थियो। त्यहाँका हरेक मेसिनको मूल्य तीन लाख ३० हजार युआन अर्थात् ४६ हजार अमेरिकी डलर छ । २० भन्दा धेरै प्रकारका ब्लेडले सुसज्जित ती मेसिनले ८ सेकेन्डभित्रैमा विभिन्न आकारका नूडल्स बनाउन सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...