मुख्य समाचार
अनौठो रेष्टुरेन्ट, जहाँ रोबोटले खाना पकाउँछ, अर्डर गरेको ४८ सेकेन्डमा खाना
अनौठो रेष्टुरेन्ट, जहाँ रोबोटले खाना पकाउँछ, अर्डर गरेको ४८ सेकेन्डमा खाना

एउटा यस्तो रेष्टुरेन्ट, जहाँ तपाईंले आफूले खान चाहेको खानेकुरा अर्डर गर्नका लागि केवल एउटा बटन थिच्नु पर्दछ अनि केवल १.४ अमेरिकी डलर अर्थात् करिब २०० रुपैयाँमा तपाईंलाई रोबोटले तुरुन्तै उक्त खानेकुरा ल्याएर टक्राइदिन्छ । त्यो रेष्टुरेन्टमा वेटरलाई टिप पनि दिनु पर्दैन ।

चीनको दक्षिणपूर्वी सहर सेन्जेनमा रहेको एउटा चाउचाउ रेष्टुरेन्ट पूर्णरुपमा स्वचालित छ । त्यहाँ हरेक कामका लागि रोबोटिक्सको प्रयोग हुन्छ । यस रेष्टुरेन्टमा १० वटा अलग अलग खालका खानेकुरा पाइन्छन् । ती सबै खानेकुरा रोबोटले नै तयार पारेका हुन् ।




उक्त अटोम्याटिक रेष्टुरेन्टमा बटन थिचेको ४८ सेकेन्डभित्रै रोबोटले ग्राहकलाई एक कचौरा चाउचाउ ल्याएर दिन्छ । त्यसको मूल्य ९.९ युआन अर्थात् करिब २०० रुपैयाँ पर्दछ । उक्त अटोम्याटिक रेष्टुरेन्टमा नूडल्सका परिकार खानका लागि मानिसहरुको भीड लाग्ने गरेको छ ।

त्यहाँ मीट सूप नूडल्स तथा स्टिर फ्राइड नूडल्सका अलावा म्यारिनेटिड अण्डा तथा ग्रिल्ड ससेज जस्ता परिकार पनि त्यहाँको मेन्यूमा रहेका छन् । त्यसको मूल्य ६ देखि २० युआनसम्म रहेको छ । ग्राहकले सेल्फ सर्भिस कियोस्क मेसिनको माध्यमबाट आफ्नो अर्डर दिन्छन् र भुक्तानी गर्दछन् । साथै एउटा पारदर्शी झ्यालको माध्यमबाट रोबोटले खाना पकाएको दृश्य पनि छर्लंगै देख्न पाउँछन् ।




जहाँ रोबोटले पिठो मुछ्दछ

उक्त रेष्टुरेन्टमा रोबोटले पिठोमा पानी मिसाउँछ र मुछ्ने काम गर्दछ । अनि त्यसलाई गोलो आकारमा थिच्छ र नूडल्सको रुपमा काट्दछ । यो सबै काम ८ सेकेन्डभित्र हुन्छ । त्यसपछि मासु र नूडल्सलाई एउटा कचौरामा हालिन्छ र तातो पानी राखिन्छ । अनि नूडल्स ४० सेकेन्डमा पाक्दछ ।

अन्त्यमा एउटा रोबोटिक हातले नूडल्सको बाफले भरिएको कचौरा ल्याएर ग्राहकलाई पस्किन्छ । त्यसको माथि हरियो प्याज हालिन्छ । एकजना ग्राहकले त्यसरी रोबोटद्धारा पकाइएको पस्किएको नूडल्स पूर्णरुपमा पाकेको र मासु पनि ताजा तथा नरम रहेको बताए ।

सो रेष्टुरेन्टका एकजना प्रतिनिधिका अनुसार नूडल्स बनाने मेसिनको निर्माण गर्न १० वर्ष लागेको थियो। त्यहाँका हरेक मेसिनको मूल्य तीन लाख ३० हजार युआन अर्थात् ४६ हजार अमेरिकी डलर छ । २० भन्दा धेरै प्रकारका ब्लेडले सुसज्जित ती मेसिनले ८ सेकेन्डभित्रैमा विभिन्न आकारका नूडल्स बनाउन सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...