मुख्य समाचार
अमेरिका र इराकको आक्रमणमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए
अमेरिका र इराकको आक्रमणमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

— अमेरिकी नेतृत्वको गठबन्धन सेनासँग मिलेर इराकी राष्ट्रिय गुप्तचर सेवाले गरेको कारबाहीमा इराक र सिरियाका लागि इस्लामिक स्टेट (आईएसआईएस) समूहका एक वरिष्ठ नेता मारिएका छन् ।



इराकी प्रधानमन्त्री प्रधानमन्त्री मोहम्मद सिया अल-सुदानीका अनुसार कारबाहीमा ‘इराक र संसारकै सबैभन्दा खतरनाक आतंककारीमध्येका एक’ अबु खादिजाह भनिने अब्दुल्लाह मक्की मुस्लीह अल-रिफाई मारिएका हुन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इराकको पश्चिमी अल अनबर प्रान्तमा गरेको ‘सटीक हवाई आक्रमण’मा उनको ज्यान गएको हो ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार रिफाई आईएसको निर्णय लिने उच्च निकायका प्रमुख थिए । उनी आईएसले विश्वव्यापी रूपमा गर्ने आक्रमण, गोलीगठ्ठा लगायतका सामाग्री र योजनाका लागि जिम्मेवार थिए । सेन्टकमका अनुसार रिफाईले समूहको विश्वव्यापी संगठनका लागि आर्थिक जोहो र परिचालन गर्दै आएका थिए ।

प्रधानमन्त्री सुदानीले रिफाई मारिएको जनाएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले उनलाई लामो समयदेखि खोजिरहेको बताएका छन् । ‘हाम्रा निडर लडाकुहरूले उनलाई निरन्तर खोजिरहेका थिए,’ उनले भनेका छन् ।

इराकी सरकार र कुर्दिश क्षेत्रीय सरकारसँगको समन्वयमा आईएसआईएसका अर्का सदस्यसँगै उनको दयनीय जीवन समाप्त गरियो । शक्तिद्वारा शान्ति !’ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा ट्रम्पले लेखेका छन् ।

सेन्टकमका अनुसार कारबाहीपछि रिफाई अन्य एक आईएस कार्यकर्तासँगै मृत फेला परेका थिए । ‘दुवै आतंककारीले विस्फोट नभएको 'आत्मघाती ज्याकेट' लगाएका थिए र उनीहरूसँग धेरै हतियारहरू थिए,’ सेन्टकमले जनाएको छ ।



सेन्टकम र इराकी सेनाहरूले यसअघि गरेको आक्रमणमा भने रिफाई बच्न सफल भएका थिए । तर त्यतिबेला संकलन गरिएको डिएनएका आधारमा उनको पहिचान गरिएको हो । जर्नेल माइकल एरिक कुरिल्लाले रिफाई ‘आईएसको विश्वव्यापी संगठनका सबैभन्दा महत्त्वपूर्ण सदस्यमध्ये भएको बताए ।

‘हामी हाम्रो मातृभूमि र अमेरिकाका साथै यस क्षेत्र र बाहिरका सहयोगी र साझेदार कर्मचारीलाई धम्की दिने आतंककारीलाई मार्न र तिनीहरूका संगठनहरूलाई ध्वस्त पार्न जारी राख्नेछौं,’ उनले भनेका छन् ।

कुनै बेला उत्तर-पूर्वी सिरियादेखि उत्तरी इराकसम्म फैलिएको ८८ हजार वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिएको आईएसले करिब ८० लाख मानिसहरूमाथि क्रूर शासन लादेको थियो ।

डिसेम्बर २०१७ मा आईएसमाथि जित हासिल गरेको घोषणा गरेको इराकले २०१९ मा समूहलाई आफ्नो अन्तिम क्षेत्रबाट लखेटेको थियो । तर पनि इराकमा विभिन्न क्षेत्रमा रहेका आईएसले इराकी सेना र प्रहरीविरुद्ध छिटपुट आक्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...