मुख्य समाचार
अमेरिका र इराकको आक्रमणमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए
अमेरिका र इराकको आक्रमणमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

— अमेरिकी नेतृत्वको गठबन्धन सेनासँग मिलेर इराकी राष्ट्रिय गुप्तचर सेवाले गरेको कारबाहीमा इराक र सिरियाका लागि इस्लामिक स्टेट (आईएसआईएस) समूहका एक वरिष्ठ नेता मारिएका छन् ।



इराकी प्रधानमन्त्री प्रधानमन्त्री मोहम्मद सिया अल-सुदानीका अनुसार कारबाहीमा ‘इराक र संसारकै सबैभन्दा खतरनाक आतंककारीमध्येका एक’ अबु खादिजाह भनिने अब्दुल्लाह मक्की मुस्लीह अल-रिफाई मारिएका हुन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इराकको पश्चिमी अल अनबर प्रान्तमा गरेको ‘सटीक हवाई आक्रमण’मा उनको ज्यान गएको हो ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार रिफाई आईएसको निर्णय लिने उच्च निकायका प्रमुख थिए । उनी आईएसले विश्वव्यापी रूपमा गर्ने आक्रमण, गोलीगठ्ठा लगायतका सामाग्री र योजनाका लागि जिम्मेवार थिए । सेन्टकमका अनुसार रिफाईले समूहको विश्वव्यापी संगठनका लागि आर्थिक जोहो र परिचालन गर्दै आएका थिए ।

प्रधानमन्त्री सुदानीले रिफाई मारिएको जनाएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले उनलाई लामो समयदेखि खोजिरहेको बताएका छन् । ‘हाम्रा निडर लडाकुहरूले उनलाई निरन्तर खोजिरहेका थिए,’ उनले भनेका छन् ।

इराकी सरकार र कुर्दिश क्षेत्रीय सरकारसँगको समन्वयमा आईएसआईएसका अर्का सदस्यसँगै उनको दयनीय जीवन समाप्त गरियो । शक्तिद्वारा शान्ति !’ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा ट्रम्पले लेखेका छन् ।

सेन्टकमका अनुसार कारबाहीपछि रिफाई अन्य एक आईएस कार्यकर्तासँगै मृत फेला परेका थिए । ‘दुवै आतंककारीले विस्फोट नभएको 'आत्मघाती ज्याकेट' लगाएका थिए र उनीहरूसँग धेरै हतियारहरू थिए,’ सेन्टकमले जनाएको छ ।



सेन्टकम र इराकी सेनाहरूले यसअघि गरेको आक्रमणमा भने रिफाई बच्न सफल भएका थिए । तर त्यतिबेला संकलन गरिएको डिएनएका आधारमा उनको पहिचान गरिएको हो । जर्नेल माइकल एरिक कुरिल्लाले रिफाई ‘आईएसको विश्वव्यापी संगठनका सबैभन्दा महत्त्वपूर्ण सदस्यमध्ये भएको बताए ।

‘हामी हाम्रो मातृभूमि र अमेरिकाका साथै यस क्षेत्र र बाहिरका सहयोगी र साझेदार कर्मचारीलाई धम्की दिने आतंककारीलाई मार्न र तिनीहरूका संगठनहरूलाई ध्वस्त पार्न जारी राख्नेछौं,’ उनले भनेका छन् ।

कुनै बेला उत्तर-पूर्वी सिरियादेखि उत्तरी इराकसम्म फैलिएको ८८ हजार वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिएको आईएसले करिब ८० लाख मानिसहरूमाथि क्रूर शासन लादेको थियो ।

डिसेम्बर २०१७ मा आईएसमाथि जित हासिल गरेको घोषणा गरेको इराकले २०१९ मा समूहलाई आफ्नो अन्तिम क्षेत्रबाट लखेटेको थियो । तर पनि इराकमा विभिन्न क्षेत्रमा रहेका आईएसले इराकी सेना र प्रहरीविरुद्ध छिटपुट आक्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...