मुख्य समाचार
अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु
अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु

। अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ ।

हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको हो ।




हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी १०० बढी हमला गरेका छन् । हालै हुथी विद्रोहीहरुले आक्रमण गरी दुईवटा जहाज समुद्रमा डुबाइदिएका थिए भने एउटालाई कब्जा गरेका थिए । करिब चार जनाको मृत्यु भएको थियो । हुथीको आक्रमणबाट ढुवानी कम्पनीहरुलाई दक्षिण अफ्रिकाको आसपास हुँदै लामो र महँगो यात्रा गर्नुपरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै हुथी र उसको मुख्य समर्थक इरानलाई आक्रमण नरोके गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका थिए ।




त्यसपछि शनिबार अमेरिकी सेनाले यमनको सना क्षेत्रमा हवाई आक्रमण गरेको हो । हुथीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकाको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ भने थप नौ जना घाइते भएका छन् ।

युएस सेन्ट्रल कमाण्डले सोसल मिडियामा लेखेको छ ‘अमेरिकी हितको रक्षा गर्न, दुश्मनलाई रोक्न र जहाजलाई स्वतन्त्रपूर्वक ढुवानीको वातावरण मिलाउन यमनमा इरान समर्थित हुथीको अखाडामा सटिक हमला सहित सैन्य अपरेसन सुरु गरिएको छ ।’

सामाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सेनाले यमनको सनास्थित हुथी विद्रोही बसेको एक भवनमा आक्रमण गरेको थियो । स्थानीय अब्दुल्ला याहियाले आक्रमण डरलाग्दो भएको बताएका छन् । ठूलो विष्फोटको आवाज आएको र भूकम्प आएजसरी जमिन हल्लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...