मुख्य समाचार
कुर्स्क क्षेत्र र युद्धविरामका बारेमा पुटिनले सबैसँग झुटो बोलिरहेको जेलेन्स्कीको दाबी
कुर्स्क क्षेत्र र युद्धविरामका बारेमा पुटिनले सबैसँग झुटो बोलिरहेको जेलेन्स्कीको दाबी

: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबैलाई ढाँटिरहेको बताएका छन्। कुर्स्क क्षेत्र र युद्धविरामका बारेमा पुटिनले सबैसँग झुटो बोलिरहेको जेलेन्स्कीको दाबी छ।


रुसको कुर्स्क क्षेत्रलाई युक्रेनी सेनाले कब्जा गरेको थियो। पछि रुसी सेनाले विस्तारै उक्त क्षेत्र पुनः कब्जा गरेको दाबी रुसको थियो। राष्ट्रपति पुटिनले युक्रेनी सैनिकहरूलाई रुसी सेनाले घेरेको दाबी गरेका थिए। तर, जेलेन्स्कीले त्यस्तो कुनै प्रमाण नरहेको विज्ञप्ति जारी गर्दै भनेका छन्।

उनले युद्धविराम धेरै जटिल रहेको तर्क दिएर पुटिनले संसारलाई झुटो बोलिरहेको बताए। 'साउदीको जेद्दामा भएको वार्तापछि पुटिनले युद्धलाई थप लम्ब्याइरहेका छन्। पुटिन युद्धलाई अझ लम्ब्याउन चाहिरहेका छन्,' जेलेन्स्कीको दाबी छ।



गत साता साउदीको पहलमा जेद्दामा अमेरिका र युक्रेनबीच एक महिनाका लागि युद्धविराम गर्ने सहमति भएको थियो। अमेरिकाले रुसलाई युद्धविरामका लागि मनाउने बताएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दूत पठाएर पुटिनलाई युद्धविरामको प्रस्ताव गरे पनि रुसले इन्कार गर्दै आएको छ।

पुटिनका सहयोगी भनिएका युरी उशाकोवले युक्रेनसँग युद्धविराम गर्न अस्वीकार गरेका थिए। उनले सार्वजनिकरूपमै युक्रेनसँग युद्धविराम नहुने बताएका थिए। युद्धविरामले युक्रेनलाई अस्थायी राहत दिनेबाहेक केही नहुने उनको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...